मध्य भोटेकोसी जलविद्युत आयोजना स्थलमा पुगे हितेन्द्रदेव
सारांश
- मध्य भोटेकोसी जलविद्युत योजनाका कार्यकारी निर्देशकले सुरुङ चुहावट परीक्षण र बाढीबाट संरचना जोगाउन निर्देशन दिएका छन्।
- १ सय २ मेगावाट क्षमताको यो आयोजनाले वार्षिक ५४ करोड २२ लाख युनिट विद्युत उत्पादन गर्ने लक्ष्य राखेको छ।
- प्रसारण लाइनको समस्याका कारण लामो समयदेखि रोकिएको आयोजना अब ढल्केबर प्रसारण लाइनमार्फत राष्ट्रिय प्रणालीमा जोडिने भएको छ।
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरण कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले मध्य भोटेकोसी जलविद्युत योजनाका सम्बद्ध अधिकारीहरूलाई सुरुङको चुहावट परीक्षण र पावर हाउस लगायतको संरचनामा बाढी पस्न नसक्ने अवस्था सुनिश्चित गरी तयारी हालतमा रहन निर्देशन दिएका छन् । पूर्णतः स्वदेशी सीप र पुँजीबाट बन्ने सर्वाधिक ठुलो अयोजनाको रूपमा रहेको यो आयोजनाले बुधबार उत्पादनका लागि सम्पूर्ण तयारी पूरा गरेको थियो ।
‘निर्देशक शाक्यले आयोजना अन्तर्गतको ७.२ किलो मिटरको सुरुङमा पानी चुहिने नचुहिने सुनिश्चित गर्न निर्देशन दिनुभएको छ’, प्राधिकरण स्रोतले भन्यो । यसका साथै पावर हाउस लगायतका सबै पूर्वाधारहरु भोटेकोसीमा आउन सक्ने बाढीबाट प्रभावित नहुने गरी आवश्यक व्यवस्था गर्न समेत निर्देशन दिएका थिए। ‘उहाँले पावर हाउसलाई स्लाडिङ व्यारिकेडहरु बनाएर तथा अन्य क्षेत्रमा आउन सक्ने बाढीबाट आयोजनाका संरचना जोगाउन निर्देशन दिनुभयो’, श्रोतको भनाइ थियो ।
लामो समयको प्रतीक्षापछि उत्पादन सुरु गर्न लागेको मध्य भोटेकोसी आयोजना कुल उत्पादन क्षमता १ सय २ मेगावाट हो । आयोजनाले वार्षिक ५४ करोड २२ लाख युनिट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको छ ।
आयोजना निर्माणको काम केही महिना अघि नै सम्पन्न भए पनि प्रसारण लाइनको टुङ्गो नलागेका कारण उत्पादन सुरु भएको थिएन । सुरुमा बाह्रबिसे– लप्सिफेदी प्रसारण लाइनबाट विद्युत् प्रणालीमा जोडने लक्ष्य भए पनि स्थानीयहरू सँग सहमति हुन नसके पनि लामोसाँघुतर्फ बाट ल्याउने प्रयास भएको थियो । त्यहाँ समेत सम्भव नभपछि प्राधिकरणकै स्वामित्वमा रहेका न्यू खिम्ती ४०० केभी सवस्टेशन हुँदै ढल्केबर प्रसारण लाइन मार्फत राष्ट्रिय प्रसारण प्रणालीमा जोडन लागिएको हो ।
वि.सं २०७० देखि निर्माण सुरु भएको आयोजनामा २०७१ साउनमा आएको जुरे पहिरो, २०७२ वैशाखको विनाशकारी भूकम्प, २०७२ असोजदेखि करिब साढे पाँच महिना लामो भारतीय नाकाबन्दी, २०७३ असारमा भोटेकोसी नदीमा आएको बाढी, निर्माणस्थल भोटेकोसी नदी एवं आसपास क्षेत्रमा आएको बाढी–पहिरो तथा कोभिड–१९ महामारीको चपेटा आदि समस्या र पछिल्लो पटक प्रसारण लाइनको अन्योलका कारण उत्पादन सुरु हुन सकेको थिएन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
-
सोच्ने कामको जिम्मा एआईलाई दिनु हुँदैन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
कस्ता खेलाडीले जित्छन् गोल्डेन बुट ? २०२६ मा कसले बाजी मार्ला ?
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण