रुकुम पूर्वको सदरमुकाम रुकुमकोट तोक्नुको कारण पेस गर्न सर्वोच्चको आदेश
सारांश
- सर्वोच्च अदालतले रुकुम पूर्वको सदरमुकाम रुकुमकोट तोक्ने निर्णयविरुद्ध परेको रिटमा कारण देखाऊ आदेश जारी गरेको छ।
- अदालतले साउन २० गतेका लागि अर्को पेसी तोकेको छ।
- रुकुम पूर्वका जनप्रतिनिधिहरूले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै अदालतले यस्तो आदेश दिएको हो।
काठमाडौँ । सर्वोच्च अदालतले रुकुम पूर्वको सदरमुकाम रुकुमकोट तोक्ने निर्णयविरुद्ध परेको रिटमा कारण देखाऊ आदेश जारी गरेको छ । न्यायाधीश कुमार रेग्मीको एकल इजलासले रुकुम पूर्वका प्रमुख दलका स्थानीय, प्रदेश र सङ्घका जनप्रतिनिधिहरूले दायर गरेको रिटमा कारण देखाऊ आदेश जारी गरेको हो । अदालतले अर्को पेसी साउन २० गतेका लागि तोकेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले साउन ७ गते रुकुम पूर्वको सदरमुकाम सिस्ने गाउँपालिका–५ र ६ स्थित रुकुमकोटमा तोक्ने निर्णय गरेको थियो ।
नेपाली कांग्रेसबाट निर्वाचित प्रतिनिधिसभा सदस्य कुसुमदेवी थापा, माओवादीबाट निर्वाचित लुम्बिनी प्रदेशसभा सदस्य सुरुल पुनमगर र दिलकुमारी बुढामगर, पुथा उत्तरगंगा गाउँपालिकाका अध्यक्ष पुनिराज घर्तीमगर र भूमे गाउँपालिकाका अध्यक्ष होमप्रकाश श्रेष्ठले र नेकपा एमालेबाट निर्वाचित प्रदेशसभा सदस्य सरिता पुनमगरले सरकारको निर्णयविरुद्ध रिट दर्ता गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रोटोनको नयाँ विद्युतीय एसयूभी ‘ई.मास ५’ नेपालमा सार्वजनिक,मूल्य कति ?
-
सीजेपीको प्रदर्शनपछि अभिजीत दीपकेले समर्थकहरूसँग मागे माफी
-
सुनको मूल्य सामान्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
आगामी पाँच वर्षको खाका : तेस्रो वर्षसम्म गति, चौथो र पाँचौँ वर्षमा जनतालाई प्रतिफल
-
यी भाँडाकुँडामा राखिएको खानेकुरा खानुहुन्छ ? निम्त्याउला है रोग
-
स्ट्रेट अफ होर्मुजमा आक्रमण भएको जहाज चालकदलले छाडे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण