शनिबार, ०६ असार २०८३
ताजा लोकप्रिय

मधेसको खडेरी र खानेपानीको सङ्कटप्रति सरकार गम्भीर भएन : नेतृ साह

शुक्रबार, १६ साउन २०८२, १८ : २१
शुक्रबार, १६ साउन २०८२

काठमाडौं । आम जनता पार्टी (आजपा) की नेतृ रन्जु साहले मधेसमा देखिएको खडेरी र खानेपानीको सङ्कटप्रति सरकार गम्भीर नभएको आरोप लगाएकी छन् ।

साहले प्रधानमन्त्री केपी शर्मा ओलीले मधेसका लागि गरेका वाचाहरू पूरा नगरेको भन्दै जनतालाई आश्वासन मात्र दिएर खेलवाड गरेको आरोप लगाइन् । 

शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा भनिन्, 'प्रधानमन्त्रीज्यू, तपाईंको सुक्खा क्षेत्र घोषणा कहाँ पुग्यो ? तपाईंले मधेसमा ५०० बोरिङ गाड्छु भन्नुभएको थियो, तर आज यत्रो दिन भइसक्यो, त्यो बोरिङ कहाँ र कति गाड्नुभयो ?'

उनले सरकारले घोषणा गरेको 'डिप ट्युबवेल' कार्यक्रमबारे सम्बन्धित सरकारी निकायहरू नै अनभिज्ञ रहेको दाबी गरिन् । 'तपाईंको डिप ट्युबवेलको बारेमा तपाईंकै सरकारी निकायलाई थाहा छैन । न खानेपानीलाई थाहा छ, न सिँचाइलाई थाहा छ । न कुनै योजना छ, न बजेट छ,' साहले भनिन् ।

प्रधानमन्त्रीले मधेसी जनताको पीडामाथि खेलवाड गरेको आरोप लगाउँदै उनले प्रधानमन्त्रीको जीवनशैली र मधेसका जनताको अवस्थाबीचको भिन्नता रहेको बताइन् । 

नेतृ साहले सरकारलाई आश्वासनको सट्टा तत्काल परिणाममुखी काम गर्न आग्रह समेत गरिन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप