देशभर २२ हजार कैदीबन्दीमध्ये ६ हजारभन्दा बढी लागुऔषध मुद्दाका
काठमाडौँ । देशभर रहेका २२ हजार ७८ कैदीबन्दीमध्ये ६ हजार ८ सय ८९ जना कैदीबन्दी लागुऔषधसम्बन्धी मुद्दाका रहेको नेपाल प्रहरीले बताएको छ ।
शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रममा यसबारे जानकारी गराइएको हो । लागुऔषध नियन्त्रण ब्युरोका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक कृष्णप्रसाद कोइरालाले २१.६२ प्रतिशत कैदीबन्दी लागुऔषधसँग सम्बन्धित रहेको बताए ।
उनले आफूहरूले एक जना पक्राउ गरेर त्यसमै सिमित नहुने भन्दै चौथो स्टेपसम्म पुगेर अनुसन्धान गर्नुपर्ने बताए ।
उनले भने,‘कुल अहिले २२ हजार ७८ कैदीबन्दीमध्ये ६ हजार ८८९ जना कैदीबन्दी लागुऔषधसँग सम्बन्धित छन् । समग्रमा २१.६२ प्रतिशत कैदीबन्दी लागुऔषधसँग सम्बन्धित छन् । हामी अरू युनिट जस्तो जसलाई पक्राउ गर्यौँ त्यहाँ मात्रै सिमित हुँदैनाैँ । हामीले कम्तीमा दोस्रो, तेस्रो र कहिले कहीँ चौथो स्टेपमा समेत पुग्छौँ । दुर्व्यसनीलाई लगभग कारबाही गर्दैनौँ । तर उनीहरूको प्रयोग गरेर विक्री गर्नेहरूसँग पुग्ने प्रयास गर्छौँ ।’
उनले दुर्व्यसनीमा रहेकाहरूलाई कारबाही गर्ने भन्दा परिवारको जिम्मा लगाउने र सुधार केन्द्रमा राख्ने गरेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
-
महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण