काठमाडौँ उपत्यकामा लागुऔषध विरुद्धको घर अभियान सुरु
काठमाडौँ । नेपाल प्रहरीका महानिरीक्षक दीपक थापाले काठमाडौँ उपत्यकामा लागुऔषध विरुद्धको घर अभियान सुरु भएको बताएका छन् । शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले केही समय पहिला सुरु गरेको लागुऔषधविरुद्धको महाअभियान महत्त्वपूर्ण साबित भइरहेको बताए ।
उनले काठमाडौँ उपत्यकामा ललितपुर महानगरपालिकाबाट लागुऔषधविरुद्धको घर अभियान सुरु भएको जानकारी दिए । यसले घर, समाज र देशलाई नै सुरक्षित बनाउने जिकिर गरे । यसको प्रभावकारी कार्यान्वयनका लागि समन्वय र सहकार्य जरुरी रहेको बताए ।
महानिरीक्षक थापाले भने, ‘हामीले अहिले लागुऔषधविरुद्धको महाअभियान भनेर जुन चलायौँ । यसले एकदमै राम्रो भएको छ । काठमाडौँ उपत्यकाले लागुऔषध विरुद्धको घर अभियान भनेर दुई महिनाअघिबाट सुरु गरेको छ । ललितपुर महानगरपालिकाबाट सुरु भएको छ । घरघरमा गएर परिवारलाई र समाजलाई सुरक्षित बनाउन अभियान चलेको छ । अब सङ्घ, संस्था, समुदाय, प्रदेश, स्थानीय सरकारसँग लागुऔषधविरुद्धका अभियानमा लाग्नुपर्नेछ । पार्टनरसिप एक्टिभिटिज गरिरहेका छौँ ।’
महानिरीक्षक थापाले लागुऔषधविरुद्धको महाअभियान लागुऔषध नियन्त्रणका लागि महत्त्वपूर्ण साबित भएको बताए । यसलाई अझै प्रभावकारी बनाउन थप योजना र रणनीति बनाउन जरुरी रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिन्धुपाल्चोकमा १३६ मिलिमिटर वर्षा यस्तो छ अन्यत्रको विवरण
-
नयाँ बसपार्कभित्र जथाभाबी रूपमा यात्रु तान्नेलाई कारबाही गरिने
-
अमेरिकामा भारतीय नागरिकमाथि ‘धर्म सोधेर’ १५ पटक चक्कु प्रहार
-
दुर्घटना गराई घाइतेलाई सडकमा फालेर फरार भएका भारतीय नागरिक पक्राउ
-
‘ध्रुवेको आतङ्क कहिलेसम्म ?’
-
मिटरब्याज पीडित र सरकारी टोलीबिच भोलि निर्णायक छलफल हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण