लागुऔषध नियन्त्रण ब्युरोमा नतिजा दिन नसकेका २३ प्रहरी कर्मचारी फिर्ता
सारांश
- लागुऔषध नियन्त्रण ब्युरोले नतिजा दिन नसकेका २३ जना प्रहरीलाई फिर्ता पठाएको छ।
- ब्युरो प्रमुखका अनुसार, हाल ब्युरोमा ५१ जना प्रहरी दरबन्दीका छन् भने १५० अन्य युनिटबाट काजमा खटिएका छन्।
- उनले कार्यप्रकृति अनुसार नसुहाउँदा कर्मचारीलाई क्रमिक रूपमा पहिचान गरी हटाउने बताए।
काठमाडौँ । लागुऔषध नियन्त्रण ब्युरोले प्रतिफल दिन नसकेका २३ जना प्रहरीहरूलाई ब्युरोबाट फिर्ता पठाएको छ ।
शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रममा यसबारे जानकारी गराइएको हो । लागुऔषध नियन्त्रण ब्युरोका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक कृष्णप्रसाद कोइरालाकाअनुसार लागुऔषध नियन्त्रण ब्युरोको दरबन्दी ७८ जना रहेको छ ।
त्यसमध्ये हाल ५१ जना प्रहरी दरबन्दीका रहेको बताए । बाँकी १ सय ५० जना कर्मचारी विभिन्न अन्य युनिटबाट दरबन्दी भई काजमा खटाइएका रहेको बताए । उनले आफूले ब्युरोको नेतृत्व सम्हाल्दा २२४ जना रहेकोमा युनिफर्म लगाउन नपर्ने, ड्युटी सहज हुन्छ भन्ने खालका ३३ जनालाई ब्युरोबाट फिर्ता पठाएको बताए ।
उनले भने,‘लागुऔषध ब्युरोको दरबन्दी ७८ जना मात्रै हो । त्यसमध्ये ५१ जना दरबन्दीका प्रहरीहरू कार्यरत छाैँ भने बाँकी १ सय ५० जना कर्मचारी विभिन्न अन्य युनिटमा दरबन्दी भएर काजमा खटाइएका गरिकन हाल २०१ जना छौँ । म हाजिर हुँदा २२४ जना कर्मचारीहरू थिए । कार्यालयको कार्य प्रकृति अनुरूप नसुहाउँदा अर्थात नतिजा दिन नसक्ने कर्मचारीहरू क्रमिक रूपमा पहिचान गरेर छाँट्ने काम गर्दै छौँ । २४—२५ जनालाई पठाइसकेका छौँ । ड्युटी सजिलो हुन्छ, युनिफर्म लगाउन पर्दैन त्यो हिसाबका मान्छेहरू पनि जम्मा भएर बस्नेखालको प्रवृत्ति देखिएका त्यस्तालाई फिर्ता गर्दै छौँ ।’
उनले ब्युरोको कार्यप्रकृति अनुरुप नसुहाएका कर्मचारीहरू क्रमिक रूपमा पहिचान गर्दै छाँट्ने काम भइरहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण