आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

असारे विकास : काम सन्पन्न नहुँदै भत्कियो ४५ लाख लागतको पुल

आइतबार, १० असार २०७५, १४ : २३
आइतबार, १० असार २०७५

सिरहा–सिरहाको गोलबजार नपा–२ को पर्यटकीयस्थल गुम्विखाडी दह जोड्ने मैनाबत्ती खोलामा बन्दैगरेको पुल बाढिले भत्काएको छ ।

राष्ट्रपति चुरे मधेस संरक्षण विकास समितिको ४५ लाख लागतमा उपभोक्ता समितिमार्फत बन्दैगरेको पुल शनिवार विहानआएको बाढीले भत्काएको हो । 

खोलाको वहावलाई ख्यालै नगर पुल बनाएकोले पानीको गतिधेरैभएर पुल भत्किएको स्थानीय रामदयाल साहले बताए । 

उनले स्थानीयले चुरेक्षेत्रको खोला भएकाले यहाँ झाडीहरुसमेत बगाएर ल्याउने भएकाले यहाँ होमपाईपले काम नगर्ने बताएपनि विकास समितिले जवरजस्ती होमपाईप लगाएको बताए । 

त्यसमा पनि असारको वेलामा काम गरेर समितिले बजेट झ्वाम पार्ने योजना बनाएको आरोप स्थानीय लगाएको छ ।  

अर्का स्थानीय संजय कुमार साहले स्थानीय आवश्यकताभन्दा पनि विकास समितिले मनमानी तरिकाले योजना लादेको आरोप लगाए । 

उनले भने, ‘यहाँ होमपाइमको कुनै कामै छैन, तर यहाँ होमपाइपलगाएर बजेट दुरुपयोग गरिएको छ ।’

उपभोक्ता समितिका अध्यक्ष ताराबहादुर सुनवारले आफूहरुले विकास समितिले दिएको डिजाइन स्टिमेटकै आधारमा काम गरेको जनाए । 

उनले भने, ‘हामीलाई राष्ट्रपति चुरे मधेस संरक्षण विकास समितिले दिएको डिजाइन स्टिमेटको आधारमै पूल बनाएका हौँ, हामीले यसमा कुनै हेरफेर गर्नै सक्दैनौँ ।’ 

उनले उपभोक्ता समितिको यसमा कुनै कमजोरी नरहेको जिकिर गरे । 

अध्यक्ष सुनवारले भने, ‘विकास  समितिले खटाएको इन्जिनियरको निर्देशनमै हामीले काम गराइरहेका छौँ, निर्माण सामाग्री पनि सम्झौता अनुसारै प्रयोग भएको छ ।’

साइड इन्जिनियरको रुपमा काम गरिरहेका जलउत्पन्न प्रकोप लहानका इन्जिनियर रामकृपाल चौधरीले पुलको छेउमा प्रोटेक्सको काम गर्न नसक्दा कामगर्न नसक्दा पुलको केही भाग बाढीले क्षति भएको जनाए ।
‘ढिलोगरी सम्झौता भएकाले समयमा काम सुरुगर्न नसक्दा पछि तारजाली नभेटिएकोले काम गर्न सकिएन र बाढीसँगै झारपात समेत आएर होमपाइप जाम भएकाले छेउबाट भङ्गालो भनाएर पानी बगेपछि पुलको एप्रोचहरु भाचिएको हो,’ इन्जिनियर चौधरीले जनाए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रामभरोसी यादव
रामभरोसी यादव

रामभरोसी यादव रातोपाटीका सिरहा संवाददाता हुन् ।

लेखकबाट थप