मिडियाले सकारात्मक धारणा निर्माणको अगुवाइ गर्नुपर्छ : मुख्यमन्त्री आचार्य
सारांश
- मुख्यमन्त्री आचार्यले सञ्चार क्षेत्रलाई सकारात्मक धारणा निर्माणमा भूमिका निर्वाह गर्न आग्रह गरे।
- उनले प्रदेश सरकार मिडिया क्षेत्रको दिगोपनाका लागि प्रतिबद्ध रहेको बताए, र बजेट बढाउने कुरा गरे।
- कार्यक्रममा सञ्चार क्षेत्रको सुदृढीकरण र सकारात्मक पत्रकारितामा जोड दिइयो।
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सञ्चार क्षेत्रलाई सकारात्मक धारणा निर्माणमा अगुवा भूमिका निर्वाह गर्न आग्रह गरेका छन् । राष्ट्रिय टेलिभिजन प्रसारक सङ्घ लुम्बिनी प्रदेशको नवनिर्वाचित कार्यसमितिको पद हस्तान्तरण समारोहलाई आज रुपन्देहीमा सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले सो आग्रह गरेका हुन् ।
उनले प्रदेश सरकार मिडिया क्षेत्रको दिगोपनाका लागि प्रतिबद्ध रहेको समेत बताए । मुख्यमन्त्री आचार्यले हरेक विषयमा नकारात्मक रूपमा अघि बढ्ने प्रवृत्ति देखिन थालेको बताउँदै हामीले सकारात्मक सन्देश दिने गरी काम गर्न जरुरी रहेको बताए ।
लुम्बिनी प्रदेशको समृद्धि र विकासका लागि सञ्चार क्षेत्रले सम्भावना पहिचान गर्दै सकारात्मक योगदान दिनुपर्नेमा उनले जोड दिए । मुख्यमन्त्री आचार्यले मुलुक बनाउन बाहिरबाट कोही नआउने बताउँदै आफैँ अग्रसर हुनुपर्ने बताए । उनले नेपालमा मिडियाको सङ्ख्या वृद्धि भएको र सरकारले पनि बजेटको आकार बढाउन भूमिका खेलिरहेको बताए ।
मुख्यमन्त्री आचार्यले प्रदेशमा सञ्चार क्षेत्रमा विगतको तुलनामा यो वर्ष बढी बजेट विनियोजन गरिएको जानकारी दिए । १२ वटै जिल्लालाई समान दृष्टिकोणका साथ महत्त्व दिइएको बताउँदै उनले मिडियाको हक हितका लागि वकालत गरिरहेको समेत उल्लेख गरे ।
कार्यक्रममा लुम्बिनी प्रदेश सञ्चार समन्वय परिषद्का अध्यक्ष यमबहादुर गाहा ‘मिलन’ ले सञ्चार क्षेत्रको सुदृढीकरणलाई प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त गरे । राष्ट्रिय टेलिभिजन प्रसारक सङ्घका केन्द्रीय उपाध्यक्ष विष्णु भुसालले प्रदेशमा समानुपातिक विज्ञापन वितरणको नीति आवश्यक रहेको बताए ।
नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य रामराज पोखरेलले आशा जगाउने खालका कार्यमा सञ्चार क्षेत्र लाग्नुपर्नेमा जोड दिँदै सकारात्मक विषयवस्तुलाई प्राथमिकता दिनुपर्ने बताए ।
लुम्बिनी उद्योग वाणिज्य महासङ्घका अध्यक्ष कृष्णप्रसाद शर्माले प्रदेशको आर्थिक विकास र सञ्चारको दिगो सञ्चालनका लागि वातावरण निर्माण राज्यको जिम्मेवारी रहेको बताए । उनले तथ्य र प्रमाणमा आधारित पत्रकारिता आजको आवश्यकता रहेकोमा जोड दिए ।
उद्योग परिसंघ लुम्बिनीका अध्यक्ष एजाज आलमले मिडियाले निजी क्षेत्रको प्रवर्द्धनमा सहयोग पुर्याउने गरी काम गर्नुपर्ने बताए । साथै राष्ट्रिय टेलिभिजन प्रसारक सङ्घ लुम्बिनीका निवर्तमान अध्यक्ष नरेश केसीको नेतृत्वमा रहेको कार्यसमितिले नवनिर्वाचित गोपाल ज्ञवालीको अध्यक्षतामा रहेको कार्यसमितिलाई पद हस्तान्तरण गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण