विप्लव र सुदन किरातीबिच भेटवार्ता
ललितपुर । नेकपाका महासचिव नेत्रविक्रम चन्द 'विप्लव' र नेकपा माओवादी केन्द्रका नेता सुदन किरातीबीच शनिबार ललितपुरको हात्तीवनमा भेटवार्ता भएको छ। भेटमा समसामयिक राजनीतिक परिस्थिति, कम्युनिस्ट आन्दोलनको भविष्य र सहिदहरूको सपना साकार गर्ने विषयमा गम्भीर छलफल भएको छ।
नेता किरातीले भेट निकै सकारात्मक र भावनात्मक वातावरणमा सम्पन्न भएको बताए। उनले भेटको अवसरमा नेपाली कम्युनिस्ट आन्दोलनका प्रथम सहिद दिलबहादुर रम्तेलको फोटो ‘आँखीझ्याल’ फ्रेममा राखी महासचिव विप्लवलाई प्रदान गरेका थिए।
'आँखीझ्यालको फ्रेम प्रतिकात्मक हो,' नेता किरातीले भने, 'कमरेड विप्लव आँखीझ्यालबाट नेपाली राजनीति र कम्युनिस्ट आन्दोलनलाई कसरी हेरिरहनुभएको छ भन्ने सन्दर्भमा यो एक गहिरो प्रतीक हो।'
भेटमा सहिदप्रति सम्मान प्रकट गर्दै सहिदको सपनाको बाटोमा कम्युनिस्ट आन्दोलन अगाडि बढ्नुपर्नेमा दुवै नेताले जोड दिएका थिए। साथै, वर्तमान समयमा नेपाली कम्युनिस्ट आन्दोलन विभाजित र विशृंखलित अवस्थामा रहेकोप्रति चिन्ता व्यक्त गरिएको थियो।
'नेपाली कम्युनिस्ट आन्दोलनप्रति उहाँ (विप्लव) मा गहिरो हुटहुटी र इच्छाशक्ति देखेँ,' नेता किरातीले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण