राप्रपा अध्यक्ष लिङ्देनद्वारा ‘झनकबाजे-एक भूइँमान्छे’को लोकार्पण
सारांश
- राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले समाजसेवी झनकप्रसाद कट्टेलको स्मृतिग्रन्थ लोकार्पण गरे।
- मेचीनगरमा आयोजित कार्यक्रममा लिङ्देनले समाजसेवामा योगदान गर्ने व्यक्तिको सम्झनामा कृति प्रकाशित हुनु प्रशंसनीय भएको बताए।
- कट्टेलका छोराहरूले रु ५० लाखको अक्षयकोष स्थापना गरी प्रतिष्ठान सुरु गरेका छन्।
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले समाजसेवी झनकप्रसाद कट्टेलको स्मृतिग्रन्थ ‘झनकबाजे-एक भूइँमान्छे’को लोकार्पण गरेका छन् ।
मेचीनगरको काँकडभिट्टामा झनकप्रसाद-खिनमाया कट्टेल समाज कल्याण प्रतिष्ठानले आज आयोजना गरेको कार्यक्रममा कृतिको लोकार्पण गर्दै पूर्वउपप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष लिङ्देनले ‘झनकबाजे’ जस्तो समाजमा उल्लेख्य योगदान पुर्याएका समाजसेवीको स्मृतिग्रन्थ प्रकाशन गरेर प्रतिष्ठानले प्रशंसनीय कार्य गरेको बताए । उनले स्व कट्टेलका छोराहरूले रु ५० लाखको अक्षयकोष स्थापना गरी प्रतिष्ठान शुभारम्भ गरेको जानकारी पनि दिए ।
कोशी प्रदेशका सभामुख अम्बरबहादुर विष्ट, प्रदेश सांसद गोपाल तामाङ, कट्टेल समाजका अध्यक्ष चित्रदेव कट्टेल, मेचीनगरका पूर्वनगरप्रमुख विमल आचार्यलगायत वक्ताले झनकप्रसादको व्यक्तित्वको चर्चा गर्दै भावी पुस्तामाझ उनको योगदानलाई जीवन्त राख्न स्मृतिग्रन्थले मद्दत पुर्याउने विश्वास व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गढवाका अधिकांश किशोरीमा रक्त अल्पताको समस्या
-
दुर्गमका ३६१ घरमा खानेपानीको धारा जडान
-
पोखरा बसपार्कभित्रका ३२० सटर हटाइयो
-
आफ्नै सर्वस्व दानमा बनेको आश्रममा रमाउँदै प्रधान दम्पती
-
करियरदेखि प्रेमसम्म: हेर्नुहोस् तपाईंको साप्ताहिक राशिफल
-
डेनिज उन्डाभको दुई गोलले पल्टियो नतिजा: विगतको असफलता चिर्दै जर्मनी नकआउट चरणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण