ज्ञवालीको ‘क्षितिजः आमा र धरती’ सार्वजनिक
सारांश
- सरस्वती ज्ञवालीको संस्मरण ‘क्षितिजः आमा र धरती’ सार्वजनिक गरियो।
- कृतिमा ज्ञवालीले अपाङ्गता भएकी छोरीसँगको ३७ वर्षे अनुभूतिलाई समेटेकी छिन्।
- समारोहमा राधिका शाक्य र डा. विन्दु शर्माले कृतिको समीक्षा गरे।
काठमाडौँ । सरस्वती ज्ञवालीको संस्मरण ‘क्षितिजः आमा र धरती’ सार्वजनिक गरिएको छ । काठमाडौँमा आज आयोजित एक समारोहका बीचमा उक्त कृति सार्वजनिक गरिएको हो । साङ्ग्रिला बुक्सले प्रकाशन गरेको कृतिमा लेखक ज्ञवालीले जन्मँदै अपाङ्गता भएकी छोरीसँगको ३७ वर्षे अनुभूतिलाई अभिव्यक्त गरेकी छन् ।
कृति सार्वजनिकीकरण समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीकी धर्मपत्नी एवम् प्रथम महिला राधिका शाक्यले राजनीतिक परिवारमा महिलाको भोगाइ बाहिर देखेको भन्दा फरक हुने बताइन् । कृतिको समीक्षा गर्दै समालोचक डा.विन्दु शर्माले अपाङ्गता भएकी छोरीको हेरचाहमा रमाउँदा ज्ञवालीले अनुभूत गर्नुभएको भावनात्मक लेखनले आमपाठकलाई भावुक बनाएको बताइन् ।
लेखक ज्ञवालीले अपाङ्गता भएकी छोरीको हेरचाह गरेर भातभान्सा गर्दा बेसार लागेका हातले आफ्नो भोगाइलाई लेखनमा प्रस्तुत गरेको बताए । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव प्रदीप ज्ञवाली पत्नी लेखक सरस्वतीका यसअघि कविता र संस्मरणसहित दुई कृति प्रकाशित छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चेक बाउन्स प्रकरणबारे आशिका : पीडित पक्ष म नै हुँ
-
नेपाल–स्पेन व्यापार र लगानी सुदृढ बनाउन दुई चेम्बरबिच समझदारीको तयारी
-
झ्याप–झ्याप जाने बत्ती : तथ्याङ्कमा ट्रिपिङ घटे पनि व्यवहारमा उस्तै सास्ती
-
दिल्लीमा प्रदर्शनः ककरोच जनता पार्टीका संस्थापक दीपके नियन्त्रणमा
-
छात्रालाई अश्लील म्यासेज गर्ने दुई शिक्षकसहित तीन जना पक्राउ
-
सेयर बजारमा दुई दिनमा १२१ अङ्क वृद्धि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण