भैँसीको आक्रमणबाट चितुवाको मृत्यु
सारांश
- अमेठीमा भैँसीको आक्रमणबाट चितुवाको मृत्यु भएको छ, जसले पाँच जनालाई घाइते बनाएको थियो।
- चितुवाले पाडोलाई आक्रमण गर्ने प्रयास गरेपछि भैँसीले आक्रमण गरेको थियो, चोटका कारण चितुवाको मृत्यु भयो।
- मुसाफिरखाना प्रहरी चौकी क्षेत्रका भैंदपुर र बिराइपुर गाउँमा आतङ्क फैलिएको थियो, प्रशासनले सुरक्षा व्यवस्था मिलाएको थियो।
नयाँ दिल्ली । उत्तर प्रदेशको अमेठीमा भैँसीको आक्रमणबाट चितुवाको मृत्यु भएको छ । चितुवाले पाँच जनालाई आक्रमण गरी घाइते बनाएको थियो, जसका कारण यस क्षेत्रमा आतङ्क फैलिएको थियो ।
यो घटना शनिबार राति अमेठी जिल्लाको मुसाफिरखाना प्रहरी चौकी क्षेत्रमा भएको थियो । भैँसीको गोठमा पसेर पाडोलाई आक्रमण गर्ने प्रयास गरेपछि नजिकै रहेका भैँसीहरूले चितुवालाई आक्रमण गरेका थिए । घाइते भए पनि चितुवा गाउँतिर भागेको थियो । तर चोट धेरै लागेकोले चितुवा लडेकाे र यसकै कारण मृत्यु भएको भनिएको छ ।
अमेठीका जिल्ला मजिस्ट्रेट सञ्जय चौहानले भैँसीको आक्रमणबाट चितुवाको मृत्यु भएको पुष्टि गरेका छन् । यो चितुवाको कारण मुसाफिरखाना प्रहरी चौकी क्षेत्रको भैंदपुर र बिराइपुर गाउँ आतङ्कित बनेको थियो । शनिबार दिउँसोदेखि दुवै गाउँका मानिसहरू डरमा बाँचिरहेका थिए ।
वन विभाग, प्रहरी र प्रशासनको टोलीद्वारा चितुवा समात्न निरन्तर काम भइरहेकाे थियाे । गाउँका ठाउँ–ठाउँमा पासो र पिँजडाहरू राखिएको थियो भने ड्रोन र बत्तीहरू समेत प्रयोग भइरहेको भनिएको थियो । सुरक्षाका लागि पीएसी बलहरू पनि तैनाथ गरिएको चौहानले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण