महालक्ष्मी विकास बैंक र भारतको एचडीएफसीबिच सीमापार बैकिङ सेवाका लागि समझदारी
सारांश
- महालक्ष्मी विकास बैंक र एचडीएफसी बैंकबीच वित्तीय सेवा विस्तारका लागि समझदारी भएको छ।
- यस समझदारीले भारतबाट नेपालमा भुक्तानी प्रणाली सञ्चालन गर्न मद्दत गर्नेछ, र महालक्ष्मी पहिलो विकास बैंक बन्यो।
- ग्राहकहरूले भारतबाट नेपालमा रकम पठाउन विभिन्न डिजिटल माध्यम र चेक प्रयोग गर्न सक्नेछन्।
काठमाडौँ । महालक्ष्मी विकास बैंक र भारतको एचडीएफसी बैंकबीच सीमापार वित्तीय सेवाहरूलाई प्रवर्द्धन गर्न तथा भारतबाट नेपालमा भुक्तानी सम्बन्धी कार्य गर्न समझदारी भएको छ । समझदारी अन्तर्गत महालक्ष्मी विकास बैंकले ग्राहकहरूले भारतबाट नेपालमा भुक्तानी गर्ने मिल्ने प्रणाली सञ्चालनमा ल्याएको हो ।
यसरी भारतबाट नेपालमा भुक्तानी प्रणाली सञ्चालन गर्ने महालक्ष्मी विकास बैंक पहिलो विकास बैंक बनेको छ । दुवै बैंकले सम्पूर्ण प्रक्रियागत कार्य गरी परीक्षण कारोबार समेत गरिसकेका छन् ।
यस अन्तर्गत महालक्ष्मी विकास बैंकको एचडीएफसी बैंकले प्रयोग गर्दै आइरहेको अत्याधुनिक क्यास म्यानेजमेन्ट सेवाअन्तर्गत सीएमएस चेक कलेक्सन र इलेक्ट्रोनिक क्यास म्यानेजमेन्ट सेवामा पहुँच प्राप्त हुनेछ । यसले गर्दा कुनै पनि व्यक्ति वा संस्थाले भारतबाट विभिन्न इलेक्ट्रोनिक माध्यमहरु जस्तै नेशनल इलेक्ट्रोनिक फण्ड ट्रान्सफर, रियल टाईम ग्रस सेटलमेन्ट र फण्ड ट्रान्सफरको प्रयोग गरी भारतको एचडीएफसी बैंकमार्फत नेपालमा रहेको महालक्ष्मी विकास बैंकको खातामा सिधै रकम जम्मा गर्न सक्नेछन् ।
साथै, भारतमा रहेका अन्य बैंकहरुको चेक जम्मा गरेर समेत नेपाल पैसा पठाउन सकिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण