आइतबार, २१ असार २०८३
ताजा लोकप्रिय

टोटेनहाम छोड्नु मेरो करिअरकै कठिन निर्णय : सन

आइतबार, १८ साउन २०८२, १७ : ०९
आइतबार, १८ साउन २०८२

काठमाडौँ । कप्तान सन ह्युङ–मिनले इङ्लिस प्रिमियर लिग क्लब टोटनहाम छाड्ने घोषणा गरेका छन् । क्लबमा १० वर्ष बिताएपछि उनी छाड्ने निर्णयमा पुगेका हुन् । 

क्लब छोड्नु आफ्नो फुटबल करिअरकै ठुलो निर्णय भएको उनले बताएका छन् । न्युक्यासलविरुद्धको खेलअघि शनिबार पत्रकार सम्मेलनमा आफू नयाँ वातारणमा खेल्न उत्साहित भएका कारण टिम छोड्ने निर्णयमा पुगेको उनले बताए । 

‘मैले मेरो करियरकै कठिन निर्णय लिए । टोटनहाममा मैले धेरै राम्रो पलहरू बिताएँ, अब मैले आफूलाई केही परिवर्तन गर्न नयाँ वातावरणमा खेल्नुपर्ने सोचेँ,’ सनले भनेका छन् । 

दक्षिण कोरियाका ३३ वर्षीय फरवार्ड सनले २३ वर्षको उमेरमा प्रिमियर लिग क्लबबाट खेल्ने समयदेखि हालसम्मको अवस्था हेर्दा आफूलाई धेरै परिवर्तन भएको महसुस गरेको बताए । सनकै कप्तानीमा टोटेनहामले लामो समयपछि युरोपा लिगको उपाधि जितेको थियो । 

आइतबार सियोलमै न्युक्यासल युनाइटेडविरुद्धको प्रि–सिजन खेल सनको टोटनहामका लागि अन्तिम खेल हुने पनि विदेशी मिडियाले बताएका छन् । सनले टोटनहामका लागि ४५४ प्रतिस्पर्धात्मक खेलमा १७३ गोल गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप