सङ्घीय लोकतान्त्रिक मोर्चा अब फुट्नु हुँदैन : रेशम चौधरी
काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले सङ्घीय लोकतान्त्रिक मोर्चा अब विघटन हुनु नहुने बताएका छन् । आइतबार मोर्चाले काठमाडौँमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले अब ठोस निर्णय गरेर जनताका लागि सङ्घीय लोकतान्त्रिक मोर्चा बनेको हो भन्ने सन्देश दिन जरुरी रहेको बताए । उनले सबैतिरबाट लालच राख्यो भने लालचकै पोखरीमा डुब्ने बाहेक केही नहुने बताए ।
अवहेलनाकाबिचमा कसरी सम्मानित हुने भन्ने सोच्नुपर्ने बताए । पहिला आफू सच्चिने र जनताका लागि त्याग गर्न सकिन्छ की सकिँदैन भन्ने सोच्न आग्रह गरे ।
उनले भने,‘हामीले अब ढिलो गर्नुहुन्न । निर्णय लिएपछि ठोस निर्णय लिनुपर्छ । सबैतिरबाट लालच नै राख्यो भने लालचकै पोखरीमा डुब्छौँ । अन्ततोगत्वा त्यसले हामीलाई मृत्यु मात्रै दिन्छ । हामी अब धेरै अपहेलित भइसक्यौँ । मोर्चाका साथीहरूले विशेषतः सोच्नुपर्छ । हामी यो अवहेलनाका बीचमा सम्मानित कसरी हुने धेरै महत्त्वपूर्ण निर्णय गर्नुपर्छ । जनताले पत्याउने कसरी बन्ने त्यसमा अघि बढ्नुपर्छ । पहिला आफू सच्चिएर जनताका निम्ति त्याग गर्नुपर्छ । जिन्दगीभर जनतालाई न्याय दिन तयार छौँ की छैनौँ यसको हेक्का राख्नुपर्छ । अब हुने चुनावमा पनि देखिन्छ कत्तिको जनताले पत्याउँछन् । धेरै पछि एउटै मोर्चामा हामी उनिएका छौँ । अहिले जुटेका छौँ । फेरि छुट्ने, फुट्ने प्रयत्न नगरौँ । एक भएर अघि बढ्ने प्रयत्न गरौँ ।’
उनले मोर्चाको नीति र सिद्धान्त एक बनाएर अघि बढ्नुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण