पूर्वाञ्चल विश्वविद्यालयका रिक्त तीन वटै सङ्कायमा डीन नियुक्त
विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयले रिक्त तीन वटै सङ्कायमा डीन नियुक्त गरेको छ । नवनियुक्त तीनै जना डीनले आइतबार पदभार ग्रहण गरेका छन् ।कला, शिक्षा, कानुन सङ्कायको डीनमा जनसङ्ख्या विकास केन्द्रका सहप्राध्यापक डा. कोमल प्रसाद दुलाल नियुक्त भएका छन् ।
त्यसैगरी, विज्ञान तथा प्रविधि सङ्कायको डीनमा प्रा. डा. पवन कुमार झा र इञ्जिनियरिङ सङ्कायको डीनमा प्रा. डा. भोला नाथ शर्मा घिमिरे नियुक्त भए । झा पूर्वाञ्चल विश्वविद्यालयको आङ्गिक क्याम्पस कलेज अफ साइन्स एण्ड टेक्नोलोजीमा कार्यरत प्राध्यापक हुन् ।
घिमिरे त्रिभुवन विश्वविद्यालयको आङ्गिक क्याम्पस पुल्चोक इञ्जिरिङ क्याम्पसमा कार्यरत प्राध्यापक हुन् । पदभार ग्रहण समारोहलाई सम्बोधन गर्दै उपकुलपति प्रा. डा. बिजु कुमार थपलिया र रजिष्ट्रार प्रा. डा. कल्याणी मिश्र त्रिपाठीले नव नियुक्त डीनहरूको कार्यकाल सफलताको कामना गर्दै उनीहरूको कार्यकालमा विश्वविद्यालयले नयाँ उचाइ प्राप्त गर्ने विश्वास व्यक्त गरे ।
नव नियुक्त डीन डा. दुलालले आफ्नो २२ वर्षको प्राज्ञिक अनुभवलाई विश्वविद्यालयको शैक्षिक उन्नयन र गरिमा बढाउन प्रयोग गर्ने प्रतिबद्धता जनाए । डीनद्वय झा र घिमिरेले विश्वविद्यालयको शैक्षिक विकासमा कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाए ।
पदभार ग्रहण समारोहमा पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा. बिजुकुमार थपलिया, रजिष्ट्रार प्रा. डा. कल्याणी मिश्र त्रिपाठी, चिकित्सा विज्ञान सङ्कायका डीन डा. शैलेशमणी पोखरेल, कला, शिक्षा, कानुन सङ्कायका डीन राम प्रसाद ढकाल, प्राध्यापक सङ्घका सभापति यज्ञप्रसाद जम्मरकट्टेल, ईञ्जिनियर संकायका सह–डीन ई. हेमन्त कुमार गोइत, कर्मचारी सङ्घका सभापति रुपेश बस्नेतलगायतको उपस्थिति थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाको महाधिवेशन स्थल जलमग्न (तस्बिरहरू)
-
हास्य कलाकार खेम शर्मा `चतुरे´को निधन
-
कालीगण्डकी किनारलाई धार्मिक–पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न पदमार्ग निर्माण
-
इक्वेडर र कुरासाओ गोलरहित बराबरीमा रोकिए, दुवै टोलीको नकआउट चरण पुग्ने सम्भावना कठिन
-
पोखरा रङ्गशालामा सामूहिक योग कार्यक्रम (तस्बिरहरू)
-
‘ट्रिलिनेयर’हरुको युगमा लोकतन्त्र खतरामा छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण