शिक्षासेवी जिरेलको पहिलो कविता सङ्ग्रह ‘जिरीसिक्रिको सुसेली’ सार्वजनिक
सारांश
- शिक्षक टेकबहादुर जिरेलको पहिलो कविता सङ्ग्रह 'जिरीसिक्रिको सुसेली' सार्वजनिक भयो।
- कृतिमा जीवन दर्शन, मायाप्रेम र माटोप्रतिको मोह झल्काउने ७१ वटा कविताहरू छन्।
- कार्यक्रममा साहित्यकार, पत्रकार र विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।
काठमाडौँ। तीन दशकभन्दा बढी समय शिक्षण पेशामा समर्पित रहेका शिक्षासेवी टेकबहादुर जिरेलको पहिलो कविता सङ्ग्रह ‘जिरीसिक्रिको सुसेली’ आइतबार काठमाडौंमा एक समारोहबीच सार्वजनिक गरिएको छ। दोलखाको रमणीय जिरी उपत्यकामा जन्मेका जिरेलको कविताकृतिमा जीवन दर्शन, मायाप्रेम र माटोप्रतिको मोह झल्काउने ७१ वटा कविता समेटिएका छन्।
नेपाल पर्यटन बोर्डको सभाहलमा आयोजित विमोचन कार्यक्रममा साहित्य, कला र पत्रकारिताका चर्चित स्रष्टाहरूको बाक्लो उपस्थिति देखिएको थियो। कार्यक्रमको प्रमुख वक्ता कवि ज्योति जङ्गलले जिरेलका कवितामा जन्मथलोको सुगन्ध महसुस गर्न सकिने बताइन्। “जिरीसिक्रिलाई काँधमा बोकेर हिँड्नु भएका टेक सरका कविताले जीवनप्रति आशावादी बन्न प्रेरणा दिन्छ,” उनले भनिन्, “उहाँले माटोलाई माया गर्ने रोडम्याप देखाउनु भएको छ।”
_ugz35updyb.jpg)
विशिष्ट अतिथि हास्यव्यङ्ग्यकार मनोज गजुरेलले कवि जिरेललाई शुभकामना दिँदै जिरीसँग जोडिएका आफ्ना पुराना स्मृतिहरू बाँडे। कार्यक्रममा जिरी नगरपालिकाका मेयर मित्र जिरेलले कविलाई माला लगाएर सम्मान गरे।
कार्यक्रमको विशेष आकर्षणका रूपमा कवि एवम् आख्यानकार अनुपम रोशीले कवि जिरेलसँग अन्तरसंवाद गरेकी थिइन्। सो क्रममा जिरी क्षेत्रको इतिहास, कविको कविता यात्रा, प्रेमिल जीवन र जीवनसंघर्षका विविध पक्षमा रोचक शैलीमा प्रश्नोत्तर गरिएको थियो।
कृति विमोचनमा डा। अभि सुवेदी, साहित्यकार निर्मलमान तुलाधर, पूर्व उपकुलपति जयराज अवस्थी, नाटककार मनबहादुर मुखिया, साहित्यकार शैलेन्द्र साकार, उषा शेरचन, सुलोचना मानन्धर, रोचक घिमिरे, पत्रकार शेखर खरेललगायत विशिष्ट व्यक्तिहरूले सहभागी जनाएका थिए।
_YXtkjmjbzT.jpg)
प्रकाशक संस्था पर्यटन प्रवर्द्धन मञ्च नेपालका प्रमुख लिलाराम खड्काले भने, “हामीले योगदानको जीवन बिताउनु भएका स्रष्टाको सम्मानमा यो किताब प्रकाशित गरेका हौँ। समाजलाई उज्यालो देखाउने प्रतिभाको सम्मान गर्न पाउँदा गर्व लागेको छ।”
कार्यक्रममा पत्रकार अमृत भादगाउँलेले कवि जिरेलको आत्मकथा पनि प्रेरणादायी हुने भन्दै चाँडै लेखन सुरु गर्न आग्रह गरेका थिए। हार्डकभरमा प्रकाशित यस कृतिको मूल्य ४९९ रुपैयाँ तोकिएको छ।
_AizKOPxKKs.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण