शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय
क्रिकेट

भारतविरुद्धको टेस्ट सिरिज जित्न इङ्गल्यान्डलाई ३५ रन आवश्यक

सोमबार, १९ साउन २०८२, ०० : ३९
सोमबार, १९ साउन २०८२

सारांश

  • इङ्गल्यान्डलाई भारतविरुद्धको टेस्ट शृङ्खला जित्न ३५ रन आवश्यक छ, चौथो दिनको खेल सकिँदा इङ्गल्यान्डले ३३९ रन बनाएको छ।
  • भारतले ३९६ रनको लक्ष्य दिएको थियो, जसमा यशस्वी जयस्वालले शतक बनाए भने वासिङ्टन सुन्दर र रविन्द्र जडेजाले अर्धशतक बनाए।
  • इङ्गल्यान्ड पहिलो इनिङमा २३ रनको अग्रता लिएर २-१ ले शृङ्खलामा अगाडि छ, र यो खेल जितेर शृङ्खला कब्जा जमाउन चाहन्छ।

काठमाडौँ । भारतविरुद्धको टेस्ट शृङ्खला जित्न इङ्गल्यान्डले ३५ रन बनाए पुग्ने भएको छ । टेस्ट सिरिजको पाँचौँ खेलको चौथो दिनको खेल सकिँदा घरेलु टोलीका लागि ३५ रन आवश्यक छ । 

भारतले दिएको ३९६ रनको लक्ष्य पछ्याएको इङ्गल्यान्डले चौथो दिनमा ३३९ रन बनाएर ६ विकेट गुमाएको छ । इङ्गल्यान्डका लागि जेमी स्मिथ २ रन बनाएर नट आउट छन् भने जेमी ओभरथोर रन नबनाएर क्रिजमा छन् । 

६ विकेट गुमाएको इङ्गल्यान्डका लागि अब मात्र ३५ रन आवश्यक छ । तेस्रो दिनको खेलमा इङ्गल्यान्डले २ विकेट गुमाएर ५० रन बनाएको थियो । खेलको तेस्रो दिन भारत दोस्रो इनिङ्समा ३ सय १६ रनमा अलआउट भएको थियो। यशस्वी जयस्वाल शतक बनाए भने नाइट वाचण्यान आकाशदीप, रविन्द्र जडेजा र वासिङ्टन सुन्दरले अर्धशतक बनाएका थिए । 

भारतले खेलको तेस्रो दिन ७५/२ को स्कोरवाट सुरु गरेको थियो। नाइट वाचायान आकाशदीपले अर्धशतक बनाए। उनी पहिलो सत्रमा ६६ रन बनाएपछि आउट भए यो उनको अन्तर्राष्ट्रिय करियरको पहिलो अर्धशतक थियो।दोस्रो सत्रमा भारतले ३ विकेट गुमायो । कप्तान शुभमन गिल ११ रन बनाएपछि आउट भए । करुण नायर १७ र यशस्वी जयस्वाल १ सय १८ रन बनाउँदै पभेलियन फर्किए ।

तेस्रो सत्रमा, रवीन्द्र जडेजाले ध्रुव जुरेलसँग मिलेर इनिङ सम्हाले । दुवैले टोलीको स्कोर ३०० भन्दा माथि पुयाए । जुरेल ३४ रन बनाएर आउट भए । वासिङ्टन सुन्दरले जडेजासँग साझेदारी गरे र टोलीलाई ३५० भन्दा माथि पुन्याए।

जडेजा ५३ रन बनाएर आउट भए। उनीपछि मोहम्मद सिराजले आफ्नो खाता पनि खोल्न सकेनन् । अन्ततः वासिङ्टन सुन्दरले ५३ रन बनाएर अग्रता ३७३ मा पुर्‍याए । इङ्गल्यान्डका लागि जोश टङ्गले ५ विकेट र गस एटकिन्सनले ३ विकेट लिए। जेमी ओभरटनले २ विकेट लिए ।

तेस्रो सत्रमा इङ्गल्यान्डले आफ्नो दोस्रो इनिङ सुरु गरेको थियो । टोलीले १ विकेट गुमाएर ५० रन बनायो । बेन डकेट ३४ रन बनाएर अविजित रहे । ज्याक क्राउली १४ रन बनाएर आउट भए । उनलाई दिनको अन्तिम ओभरमा मोहम्मद सिराजले बोल्ड गरे।

यसअघि, पहिलो इनिङ्समा इङ्गल्यान्ड २ सय ४७ रन बनाएर अलआउट भयो । यससँगै टोलीले पहिलो इनिङमा २३ रनको अग्रता लिएको थियो । ज्याक क्राउलीले ६४ र ह्यारी ब्रुकले ५३ रन बनाए। भारतका तर्फबाट प्रसिद्ध कृष्ण र मोहम्मद सिराजले ४–४ विकेट लिए । आकाश दीपले १ विकेट लिए ।

खेलको पहिलो दिन भारतले ६ विकेट गुमाएको थियो । वर्षाका कारण ६४ ओभर मात्र खेलिएकोमा टोलीले ६ विकेट गुमाउँदै २०४ रन बनाएको थियो। दोस्रो दिन, टोलीले पहिलो सत्रमा नै अन्तिम ४ विकेट गुमाएको थियो । करुण नायरले ५७ रन बनाए। इङ्गल्यान्डका तर्फबाट गस एटकिन्सनले ५ विकेट र जोश टङ्गले ३ विकेट लिए ।

शृङ्खलामा घरेलु टोली इङ्गल्यान्ड २–१ ले अघि रहेको छ । इङ्गल्यान्ड यो टेस्ट जित्दै शृङ्खलामा कब्जा जमाउने धुनमा रहेको छ भने भारत यो खेल जितेर शृङ्खला बराबरी गर्न चाहन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप