स्वकीय सचिवमार्फत बहादुरले बुझाए राजीनामा
सारांश
- बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले प्रदेश प्रमुख समक्ष राजीनामा पत्र पेश गरे।
- सोमबार मुख्यमन्त्री लामाको तर्फबाट स्वकीय सचिवले प्रदेश प्रमुखको कार्यालयमा राजीनामा पत्र बुझाए।
- मुख्यमन्त्री लामाले आइतबार नै पदबाट राजीनामा दिने घोषणा गरेका थिए।
काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले प्रदेश प्रमुखसमक्ष राजीनामा पत्र पेस गरेका छन् । सोमबार बहादुरको तर्फबाट उनका स्वकीय सचिव छत्र बहादुर लामाले प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाका प्रमुख स्वकीय सचिव बलराम गैरेमार्फत प्रदेश प्रमुखसमक्ष राजीनामा पत्र पेस गरेका हुन् ।
लामाले आइतबार नै पदबाट राजीनामा दिएको घोषणा गरेका थिए । लामाले नेपालको संविधानको धारा १६९ को उपधारा १ (क) अनुसार मुख्यमन्त्री पदबाट राजीनामा दिएका हुन् ।
यसैगरी प्रदेश प्रमुख देवकोटा स्वास्थ्य लाभपछि आजै कार्यालयमा उपस्थित भएका थिए । उनी सोमबार सिमरा हुँदै हेटौँडास्थित कार्यालयमा पुगेका हुन् ।
स्वास्थ्यमा समस्या देखिएपछि प्रदेश प्रमुख देवकोटा गत साउन १५ गते काठमाडौँको धापासीस्थति ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा भर्ना भएका थिए । उनी आइतबार अस्पतालबाट डिस्चार्ज भएका थिए ।
लामाले राजीनामा पत्र बुझाएसँगै अब नयाँ मुख्यमन्त्री नियुक्ति प्रक्रिया सुरु हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण