एमसीसी फेरि लागू गर्ने निर्णयविरुद्ध समाजवादी कम्युनिस्ट पार्टीले थाल्यो हस्ताक्षर अभियान
काठमाडौँ । समाजवादी कम्युनिस्ट पार्टी नेपालले स्थगित गरिएको एमसीसी परियोजना नेपालमा पुनः लागू गर्ने अमेरिकी सरकारको निर्णयविरुद्ध प्रतिरोधको चेतावनीसहित हस्ताक्षर अभियान सुरु गरेको छ ।
पार्टीको अन्तर्राष्ट्रिय विभागले काठमाडौँमा अन्तर्क्रिया गोष्ठी आयोजना गरी अमेरिकी एमसीसी परियोजनाले नेपालको राष्ट्रियता, सार्वभौमसत्ता, परराष्ट्रनीति, स्थापित असंलग्न मूल्य, मान्यता नष्ट गरी नेपालमा अमेरिकी हस्तक्षेप निर्बाध रूपमा भित्र्याउने र नेपालको प्राकृतिक सम्पदाको दोहन गर्ने जनाएको छ ।
कार्यक्रममा पार्टीका अन्तर्राष्ट्रिय विभाग प्रमुख अशोक सुवेदीद्वारा प्रस्तुत ‘राष्ट्रघाती एमसीसी : चुनौती र समाधान’ विषयक अवधारणापत्रमाथि पार्टी महासचिव पूर्णहादुर सिंह ‘समरजङ्ग’, सल्लाहकार समितिका अध्यक्ष मानध्वज श्रेष्ठ, अखिल नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष नारायण शर्मा, पुष्पलाल अध्ययन समाजका अध्यक्ष लोककृष्ण भट्टराई, वामपन्थी बुद्धिजीवी महादीप पोखरेल, नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष लोकनारायण सुवेदी, नेकपा (मसाल) का प्रवक्ता रामप्रकाश पुरी, आयोजक पार्टीका माधव गौतम, देवराज घिमिरे, सहिद कुमार पौडेलकी दिदी लक्ष्मी पौडेल लगायतले एमसीसीविरुद्ध धारणा राखेका थिए ।
पार्टीले सुरु गरेको हस्ताक्षर तथा प्रतिरोध अभियानमा वामपन्थी बुद्धिजीवी एवम् कूटनीतिज्ञ हिरण्यलाल श्रेष्ठ, विष्णुपुकार श्रेष्ठ, पूर्वमुख्य सचिव तथा राजदूत लीलामणि पौडेल, नरेन्द्रजङ्ग पिटर, श्याम श्रेष्ठ, पूर्वगभर्नर डा. दीपेन्द्रबहादुर क्षेत्री, वामपन्थी विश्लेषक तथा अधिवक्ता प्रा. डा. युवराज सङ्ग्रौला, नेकपा (बहुमत) का महासचिव धर्मेन्द्र बास्तोला, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कार्यालय सदस्यहरू हेमन्तप्रकाश ओली, रामसिं श्रीस, नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंह, साहित्यकार प्रा. डा. रामप्रसाद ज्ञवाली, साध्यबहादुर भण्डारी, सुरेश कार्की, डम्बरविक्रम कार्की, रघु घिमिरे, नेकपा (माओवादी केन्द्र) का सचिव लीलामणि पोखरेल, प्रतिरोध अभियानका सङ्गीतस्रोता, कम्युनिस्ट समाजवादी पार्टी नेपालका हरिकृष्ण गजुरेललगायतले ऐक्यबद्धता प्रकट गरेको उक्त पार्टीको अन्तर्राष्ट्रिय विभागले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण