बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

पहिरोले स्वास्थ्य चौकीमा क्षति

सोमबार, १९ साउन २०८२, १५ : ५१
सोमबार, १९ साउन २०८२

सारांश

  • गुल्मीमा अविरल वर्षाका कारण स्वास्थ्यचौकीमा क्षति पुगेको छ र सुत्केरी स्याहार कक्ष पुरिएको छ।
  • चन्द्रकोट गाउँपालिका-१ दिबुरङ्ग स्वास्थ्य चौकीमा पहिरोले क्षति पुर्याएको हो, जसले सेवा प्रभावित पारेको छ।
  • चन्द्रकोट गाउँपालिका-८ मा चार जनाको परिवार जोखिममा परेका छन् र उनीहरू छिमेकीको घरमा सरेका छन्।

तम्घास  । गुल्मीमा आइतबारदेखि परेको अविरल वर्षाका कारण स्वास्थ्यचौकीमा क्षति पुगेको छ । चन्द्रकोट गाउँपालिका–१ दिबुरङ्ग स्वास्थ्य चौकीमा पहिरोबाट क्षति पुगेको हो । 

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गङ्गाबहादुर सारुका अनुसार आइतबार राति पहिरोले स्वास्थ्यचौकीको सुत्केरी स्याहार कक्ष पूर्ण रुपमा पुरिएको छ । यसबाट सेवा प्रभावित बनेको छ । 

स्थानीय, स्वास्थ्यकर्मी, प्रहरीलगायतको सक्रियतामा पहिरो हटाउने काम भइरहेको र सुत्केरीका लागि स्वास्थ्यचौकीमै व्यवस्थापन गर्ने व्यवस्था गरिएको  वडाध्यक्ष घनश्याम खरेलले जानकारी दिए । 

त्यसैगरी वर्षाको कारण चन्द्रकोट गाउँपालिका–८ मा चार जनाको परिवार जोखिममा परेको छ । मजुवाका अमरबहादुर कुमालको ढुङ्गा माटोले बनेको दुईतले कच्ची घर जोखिममा परेपछि उहाँहरु छिमेकीको घरमा बस्दै आउनुभएको प्रहरीले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप