धार्मिक पर्यटन मधेस प्रदेशको समृद्धिको आधार हो : मुख्यमन्त्री सिंह
सारांश
- मुख्यमन्त्री सतिशकुमार सिंहले धार्मिक पर्यटन मधेसको समृद्धिको आधार भएको बताए।
- उनले मधेस प्रदेश सरकार धार्मिक स्थलहरूको विकास र संरक्षणमा प्रतिबद्ध रहेको बताए।
- मुख्यमन्त्रीले टुटेश्वरनाथ र पञ्चधुरा माईस्थानमा भइरहेका पूर्वाधार निर्माणको अवलोकन गरे।
महोत्तरी । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले धार्मिक पर्यटन मधेसको समृद्धिको मुख्य आधार भएको बताएका छन् । आज साउने सोमबारको अवसरमा महोत्तरीको बर्दिबास–५ टुटेश्वरस्थित टुटेश्वरनाथ महादेवको दर्शनपछि मुख्यमन्त्री सिंहले धार्मिक पर्यटन मधेसको कृषिपछिको आर्थिक समृद्धिको मुख्य आधार बन्ने उल्लेख गरे ।
‘मधेसका कोशीदेखि ठोरीसम्म प्रसिद्ध धार्मिकस्थल छन्, हामीले यहाँ पर्यटन प्रवर्द्धन केन्द्रित पूर्वाधार निर्माण र सम्पदाको संरक्षण गर्न पर्दछ’, सिंहले भने, ‘मधेस प्रदेश सरकार यिनको विकास र सम्वर्द्धनप्रति प्रतिबद्ध छ ।’ महोत्तरीका टुटेश्वरनाथ, पञ्चधुरा माईस्थान र राइमण्डल धाम क्षेत्रमा प्रदेश सरकारको चासो यसबिचमा थालिएका कामबाट देखिने उनले बताए ।
महोत्तरीका टुटेश्वरनाथ, पञ्चधुरा माईस्थान र राइमण्डलधाम सघन वन क्षेत्रभित्र चुरे पर्वत श्रेणीका काखमा भएका हुँदा भौगोलिक र प्राकृतिक रूपले रमणीय ठाउँ भएको मुख्यमन्त्री सिंहको भनाइ छ । प्रदेश सरकारले आफ्नो भूगोल क्षेत्रका पर्यटकीय क्षेत्रको प्रवर्द्धनका लागि स्थानीय सरकारसँग हातेमालो गरेर अघि बढ्ने प्रतिबद्धता जनाए ।
आज टुटेश्वरनाथ र पञ्चधुरा माईस्थानको दर्शनपछि मुख्यमन्त्री सिंहले त्यहाँ थालिएका पूर्वाधार निर्माणका कामको अवलोकन गरे । त्यस अवसरमा बर्दिबास नगरपालिकाका जनप्रतिनिधि, नगरको संस्कृति तथा पर्यटन प्रवर्द्धन समिति र नेपाल होटल तथा पर्यटन व्यवसायी महासङ्घका पदाधिकारीले पर्यटन प्रवर्द्धनका क्षेत्रमा गरिन पर्ने कामबारे मुख्यमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अत्यावश्यक औषधि उत्पादनको समझदारी
-
दुई फर्मलाई विभागको जरिवाना
-
२ सय ५० मेट्रिकटन डिएपी मल विराटनगर आइपुग्यो
-
१२ बजे १२ समाचार: आशिका तामाङको चेक बाउन्स प्रकरणले हलचल, प्रदेश सरकारबाट बाहिरिन भाखा सार्दै एमाले
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण