बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

पशुपति महायज्ञमा ‘माग्ने बुढा’ ले गरे आर्थिक सहयोग

सोमबार, १९ साउन २०८२, १७ : ०२
सोमबार, १९ साउन २०८२

सारांश

  • हास्य कलाकार केदार घिमिरे 'माग्ने बूढा' ले पशुपतिमा महायज्ञमा २५ हजार १ रुपैयाँ आर्थिक सहयोग गरे।
  • महायज्ञ मानवसेवा फाउण्डेसनले भक्तपुर र ललितपुरमा आश्रम खोल्न आयोजना गरेको थियो।
  • अभिनेत्री वर्षा सिवाकोटी, निर्देशक ऋषि लामिछाने र लेखक सामिप्य तिमल्सिना पनि महायज्ञमा पुगेका थिए।

काठमाडौँ । हास्य कलाकार केदार घिमिरे ‘माग्ने बूढा’ले पशुपति क्षेत्रमा आयोजित ऐतिहासिक श्री मनकामना पूर्ति तथा संकटमोचन विराट ज्ञान महायज्ञमा आर्थिक सहयोग गरेका छन् । सोमबार फिल्म ‘माग्ने राजा’ प्रचारका लागि टिम सहित पुगेका घिमिरेले त्यहाँ २५ हजार १ रुपैयाँ आर्थिक सहयोग गरेका हुन् ।

महायज्ञमा घिमिरेका अलवा अभिनेत्री वर्षा सिवाकोटी, निर्देशक ऋषि लामिछाने, लेखक सामिप्य तिमल्सिना पनि पुगेका थिए । मानवसेवा फाउण्डेसनले भक्तपुर र ललितपुरमा मामाघर आश्रम स्थापना गर्न महायज्ञ आयोजना गरेको हो ।

यसअघि अभिनेत्री तथा निर्देशक दीपाश्री निरौला, पल शाह, रमेश उप्रेती, सरोज खनाल लगायतका कलाकारहरु पनि पुगेर आर्थिक सहयोग गरेका थिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप