कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
सारांश
- आजको राशिफल अनुसार मेष राशिका व्यक्तिले बौद्धिक र सिर्जनात्मक कामबाट सफलता पाउनेछन्।
- वृष राशिका लागि बिहानको समय राम्रो रहेकोले लगानी बढाएर धन कमाउन सकिनेछ।
- मीन राशिका व्यक्तिले व्यापारमा लगानी गर्दा राम्रो लाभ लिन सक्नेछन्।
वि.सं.२०८२ साल साउन २० गते । मंगलबार । ईश्वी सन् २०२५ अगष्ट ५ तारिख । नेपाल संवत् ११४५ । सिद्धार्थी संवत्सर । दक्षिणायनं । वर्षा ऋतु । श्रीशाके १९४७ । श्रावण शुक्लपक्ष । तिथि–एकादशी, १५ घडी ५ पला, बिहान ११ बजेर ३१ मिनेट उप्रान्त द्वादशी । नक्षत्र–ज्येष्ठा, १३ घडी ३८ पला, बिहान १० बजेर ५७ मिनेट उप्रान्त मूल ।
योग– ऐन्द्र, ६ घडी २१ पला, बिहान ८ बजेर २ मिनेट उप्रान्त वैधृति । करण–भद्रा, बिहान ११ बजेर ३१ मिनेट उप्रान्त बव, रातको १२ बजेर ११ मिनेट उप्रान्त बालव । आनन्दादिमा–मुद्गर योग । चन्द्रराशि–वृश्चिक, बिहान १० बजेर ५७ मिनेट उप्रान्त धनु । पुत्रदा एकादशी व्रत ।
काठमाडौँमा सूर्योदय बिहान ०५ बजेर २९ मिनेट । सूर्यास्त बेलुकी ६ बजेर ४८ मिनेट । दिनमान ३३ घडी १७ पला ।
आजको बार बेला
बिहान ५ बजेर २९ मिनेटसम्म रोग बेला ।
बिहान ५ बजेर ३० मिनेटदेखि बिहान ७ बजेर ९ मिनेटसम्म उद्वेग बेला ।
बिहान ७ बजेर १० मिनेटदेखि बिहान ८ बजेर ४९ मिनेटसम्म चर बेला ।
बिहान ८ बजेर ५० मिनेटदेखि बिहान १० बजेर २९ मिनेटसम्म लाभ बेला ।
बिहान १० बजेर ३० मिनेटदेखि बिहान १२ बजेर ९ मिनेटसम्म अमृतख बेला ।
मध्यान्ह १२ बजेर १० मिनेटदेखि दिउसो १ बजेर ४९ मिनेटसम्म काल बेला ।
दिउसो १ बजेर ५० मिनेटदेखि दिउसो ३ बजेर २९ मिनेटसम्म शुभ बेला ।
दिउसो ३ बजेर ३० मिनेटदेखि बेलुकी ५ बजेर ८ मिनेटसम्म रोग बेला ।
बेलुकी ५ बजेर ९ मिनेटदेखि बेलुकी ८ बजेर ८ मिनेटसम्म काल बेला ।
नोट : शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला ।
राहुकाल
दिउसो ३ बजेर २८ मिनेटदेखि बेलुकी ५ बजेर ८ मिनेटसम्म राहुकाल रहनेछ ।
नोट : राहुकालको समयमा कुनै पनि शुभ कार्य नगर्नुहोला ।
ब्रहा मुहूर्त
बिहान ३ बजेर ५३ मिनेटदेखि बिहान ४ बजेर ४१ मिनेटसम्म ब्रहा मुहूर्त रहनेछ ।
आजको राशिफल
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) बौद्धिक, प्राज्ञिक तथा सिर्जनात्मक कामबाट भनेजस्तो नतिजा हात पार्न सकिनेछ । धर्म तथा अध्यात्म क्षेत्रमा विशेष रुचि बढ्नेछ । दार्शनिक विषयवस्तुमा मन जाने हुनाले फराकिलो ज्ञान आर्जन गर्न सकिनेछ । व्यापार, सेयर बजार तथा उद्योगमा सुझबुझका साथ गरिने लगानीबाट आम्दानी गर्न सकिनेछ । दाम्पत्य सुख, प्रेम सम्बन्ध तथा पारिवारिक सम्बन्ध सुमधुर हुनेछ । बिहानको समयमा यात्रा गर्दा ध्यान दिनुहोला ।
वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) बिहानको समय राम्रो रहेकोले व्यापार व्यवसायमा लगानी बढाई मनग्गे धन आर्जन गर्न सकिनेछ । पढाइ लेखाइमा मन जाने तथा अध्ययनकै सवालमा यात्रा गर्न सकिनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना भनाइहरू जनमानसमा लैजान सकिनेछ । मध्यान्हबाट समय मध्यमय रहेकोले गोप्य रिपोर्टहरू बाहिर आउने तथा इज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ । माया प्रेममा धोका तथा मनमुटाब सिर्जना हुने योग रहेको छ । वित्तीय क्षेत्रमा लगानी गर्नुपुर्व अध्ययन गर्नुहोला ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) व्यापारको सिलसिलामा लामो दुरीको यात्राको अधिक सम्भावना रहेको छ । व्यापार तथा सेयर बजारमा लगानी गरी प्रशस्त नाफा कमाउन सकिनेछ । अध्ययन, लेखन, कला साहित्य तथा गीत सङ्गीतमा चासो बढ्नेछ । तपाईँको प्रतिभाको उच्च कदर हुनेछ । प्रेम सम्बन्धमा विश्वासको वातावरण बढ्नेछ । भौतिक साधनहरू जुट्नेछन् प्रविधिको प्रयोग मार्फत मनग्गे धन आर्जन गर्न सकिनेछ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) लामो दुरीको अफिसियल यात्राको अधिक सम्भावना रहेको छ भने यात्राबाट भनेजस्तो उपलब्धि हात पर्ने ग्रहयोग रहेको छ । माया प्रेममा रमाउन चाहनेहरूका लागि समय राम्रो रहेको छ । वादबिवाद तथा मुद्दा मामिलामा प्रतिस्पर्धीहरूलाई हराउँदै जित निकाल्न सकिनेछ । माया प्रेममा सामीप्य बढ्ने तथा दाम्पत्य जीवनको गाँठो अझ मजबुत भएर जानेछ । व्यापार वा सेयर बजारमा लगानीको लागी समय मध्यम रहेको छ ।
सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) खोज तथा अनुसन्धानको क्षेत्रमा भनेजस्तो नतिजा आउने हुनाले पढ्न लेख्न जोस जाँगर बढ्नेछ । विलासिताले खर्च बढाए पनि भौतिक सम्पत्ति तथा उपहार प्राप्तिको गतिलो योग रहेको छ । आर्थिक समस्या सुल्झाउँदै शिक्षा तथा बैङ्किङ क्षेत्रमा लगानी बढाउन सकिनेछ । वंश वृद्धिको गतिलो योग रहेको छ भने नोकरीमा बढुवा हुने योग रहेको छ । बौद्धिकताले सम्मान दिलाउनेछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) बिहानको समय राम्रो रहेकोले आफन्त, दाजुभाइ तथा अग्रजहरूको सहयोगले राम्रा तथा परिणाममुखी काम गर्न सकिनेछ । छोटो तथा रमाइलो यात्राको तय गर्न सकिनेछ । उत्पादनमुखी व्यवसायबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । मध्यान्हबाट समय मध्यम रहेकोले स्वास्थ्यमा देखिने समस्याका कारण काम गर्न नसकेजस्तो हुनेछ । राजनीति तथा सामाजिक काममा समय खर्चनेहरूका लागी समय मध्यम रहेको छ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) अध्ययनमा उत्कृष्ट नतिजा हात पार्न थोरै समय लगानी नै काफी हुनेछ । छोटो तथा रमाइलो यात्राको तय गर्न सकिनेछ । विवादित विषयको निर्णय तपाईँकै पक्षमा हुनेछन् । दाजुभाइ तथा छिमेकीसँग मिलेर गरिने व्यापार व्यवसाय फस्टाएर जानेछ । भौतिक सम्पत्ति तथा नगद जुट्नाले लगानी गर्ने सहज वातावरण बन्नेछ । सेयर बजारमा आज गरिने लगानीबाट लाभ लिन सकिनेछ । प्रेममा सामीप्य बढेर जानेछ ।
वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) धन भावमा गोचर गर्ने शुभ चन्द्रमाले व्यापार तथा सेयर बजारको लगानीबाट आम्दानीमा बढोत्तरी हुनेछ । आफ्ना भनाइहरू जनमानसमा लैजान सकिने तथा बोलेरै धन आर्जन गर्न सकिनेछ । आफन्त तथा कुटुम्बका साथ रमाइलो यात्रा गर्दै मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । प्रेममा रमाउने चाहनेहरूका लागि समय फलदायी रहनेछ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) समयमा कामहरू सम्पन्न हुने तथा अरूको काम गरी नाम तथा दाम दुवै कमाउन सकिनेछ । अध्ययन तथा अध्यापनको क्षेत्रमा थोरै समय लगानी गर्दा पनि सकारात्मक नतिजा हात लागी हुने योग रहेको छ । माया प्रेममा आफ्नो मान्छेलाई आफ्नै वरिपरि देख्न पाउँदा मन प्रसन्न हुनेछ । व्यापार, सेयर बजार तथा औद्योगिक क्षेत्रमा लगानी गरी प्रशस्त नाफा कमाउन सकिनेछ । बिहानको समय मध्यम रहेकोले खानपानमा वा यात्रा गर्दा ध्यान दिनुहोला ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) बिहानको समय राम्रो रहेकोले पैतृक धन तथा प्राकृतिक स्रोत साधनको प्रयोग मार्फत आम्दानी गर्न सकिनेछ । कृषि औजार तथा कृषि क्षेत्रको व्यापारबाट नाफा कमाउन सकिनेछ । सेयर बजार, व्यापार तथा वैदेशिक क्षेत्रको कमाइमा बढोत्तरीको योग रहेको छ । प्रेम सम्बन्ध सुमधुर हुने तथा जीवनसाथीको सहयोगले राम्रा काम गर्न सकिनेछ । मध्यान्हबाट खानपानमा ध्यान दिनुहोला । यात्रा गर्दा वा सवारी चलाउँदा ख्याल गर्नुहोला ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) अध्ययन अध्यापनमा अन्य दिन भन्दा सुधार गरी अरुभन्दा अगाडी बढ्न सकिनेछ । आफूले माया गर्ने मान्छेलाई आफ्नै वरिपरि देख्न पाउँदा मन प्रसन्न हुनेछ । परिवारका आवस्यक्ताहरु पूरा गर्न सकिनेछ । व्यापार व्यवसाय फस्टाएर जानेछ भने नयाँ काम पाउने तथा नोकरीमा पदोन्नती हुने समय रहेको छ । साथी भाइसँग रमाइलो भेटघाट हुने तथा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । पैतृक सम्पत्तिको प्रयोग गरी आम्दानीका स्रोतहरू बढाउन सकिनेछ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) व्यापार व्यवसायमा लगानी गरी मनग्गे लाभ लिन सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन पाइनेछ । पढाइ लेखाइमा भनेजस्तो नतिजा हात पार्न सकिने हुनाले गुरु वर्ग तथा आफन्त खुसी हुनेछन् । माया प्रेममा सामीप्य बढ्नेछ । कार्यक्षेत्रका प्रभाव बढ्ने तथा बढोत्तरीको योग रहेको छ । वित्तीय बजार, कृषि तथा पशुपालन व्यवसायमा लगानी गरी आम्दानी बढाउन सकिनेछ ।
तपाईँको दिन शुभ रहोस् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
-
पाँचथरमा तीन सडक खण्ड ठप्प : कुन सडकको अवस्था कस्तो छ?
-
बजेटमा समेटिएका आयोजना निर्धारित समयभित्र सम्पन्न हुनुपर्छ : मन्त्री श्रेष्ठ
-
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण