तस्बिरमा हेर्नुहोस् पूर्व–पश्चिम रेलमार्गको अवस्था
सारांश
- सरकारको पूर्व-पश्चिम रेलमार्गको प्रगति सुस्त गतिमा अघि बढिरहेको छ, मुआब्जा विवादका कारण काम रोकिएको छ।
- भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले बजेट अभावका कारण रेलमार्गको काम अघि बढ्न नसकेको बताए।
- ९२५ किलोमिटर लामो रेलमार्ग निर्माण सुरु भएको एक दशक बितिसक्दा जम्मा ३.४ प्रतिशत मात्र काम सम्पन्न भएको छ।
काठमाडौँ । सरकारले ल्याएको महत्त्वाकाङ्क्षी परियोजना पूर्व–पश्चिम रेलमार्गको प्रगति निकै सुस्त छ । धेरैजसो ठाउँमा मुआब्जा विवादका कारण काम रोकिएको छ ।
हालैमात्र भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले बजेट अभावका कारण राष्ट्रिय गौरवको आयोजना पूर्व–पश्चिम रेलमार्ग निल्नु न ओकल्नु भएको बताएका थिए । राष्ट्रिय सभा अन्तर्गत सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सबलीकरण समितिको बैठकमा उनले राष्ट्रिय गौरवका आयोजनाको सम्बन्धमा यस्तो बताएका हुन् ।
करिब चार अर्ब खर्च गरेर पूर्व–पश्चिम रेलमार्गको डीपीआर बनाइएको छ । तर अन्य काम खासै अघि बढेको छैन । आयोजना सुरु भएको करिब एक दशकभन्दा बढी समय बितिसक्दा साढे ३ प्रतिशत काम भएको छ ।
पूर्वमा झापाको काँकडभिट्टादेखि पश्चिममा कञ्चनपुरको गड्डाचौकीसम्म पुग्ने ९२५ किलोमिटर लामो रेलमार्गमा अहिलेसम्म ३.४ प्रतिशत मात्र काम सम्पन्न भएको छ। यही गतिमा काम भए रेलमार्ग पूरा हुन दशकौँ लाग्न सक्ने देखिन्छ ।
हाल सञ्चालनमा रहेको नेपालको एकमात्र रेल सेवा जनकपुर(जयनगर रेल पनि घाटामा चलिरहेको छ । तस्बिर: फोटो लाइब्रेरी
_5jgaPLsa8G.jpg)
_605DqfHy3S.jpg)
_gUgF0EtFCE.jpg)
_kRF7V80zoq.jpg)
_fTgOxDSvcX.jpg)
_smJkYj4Nsx.jpg)
_7oYpuH9mNC.jpg)
_BllEyH5tKp.jpg)
_uUFNaLIx0f.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण