छानबिन समितिले मलाई दोषी देखाएको हो कि नैतिक जिम्मेवार ? पहिला त्यो प्रस्ट हुनुपर्छ : रामहरि खतिवडा
सारांश
- रामहरि खतिवडाले 'कुलिङ अफ पिरियड' मा भएको गडबडीबारे छानबिनको प्रतिवेदन पछि निर्णय लिने बताए ।
- संसदीय छानबिन समितिले खतिवडालाई नैतिक जिम्मेवारी लिनुपर्ने ठहर गरेको छ, उनले आफू दोषी देखिए सबै सदस्यलाई देखाउनुपर्ने बताए ।
- खतिवडाले आफूले सङ्घीय निजामती सेवा विधेयकको प्रतिवेदनमा सही गरेको स्वीकार गर्दै प्रतिवेदन हेरेपछि निर्णय लिने बताए ।
काठमाडौँ । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’मा ‘कुलिङ अफ पिरियड’मा भएको गडबडीबारे छानबिन गर्न बनेको संसदीय समितिले आफूलाई दोषी देखाएको हो कि नैतिक जिम्मेवार मात्रै ठहर्याएको हो ? त्यो निक्र्यौल गरेर मात्रै निर्णय लिने बताएका छन् ।
‘कुलिङ अफ पिरियड’मा गरिएको गडबडीमा संसदीय छानबिन समितिले समिति सभापतिको हैसियतमा हस्ताक्षर गरेकाले नैतिक जिम्मेवारी लिनुपर्ने ठहर गरेको छ । त्यसपछि समितिले तपाईँलाई नैतिक जिम्मेवारी लिनुपर्ने ठहर समितिले गरेको छ अब के गर्नुहुन्छ भन्ने रातोपाटीको प्रश्नमा सभापति खतिवडाले भने, ‘म कतै दोषी देखिए की नैतिकताको जिम्मेवारी मात्रै लिनु पर्ने हो ? प्रतिवेदन पढेपछि मात्रै के गर्ने भन्ने निर्णय लिन्छु ।’
उनले आफू सुरु देखि नै कुलिङ अफ पिरियड राख्नु पर्ने पक्षमा रहेको बताउँदै आफूले यो प्रावधान राख्न हुँदैन भनेर कहाँ बोले त्यो समितिले देखाइदिन पर्यो भन्दै प्रतिप्रश्न गरे । ‘म सुरु देखि नै कुलिङ अफ पिरियड राख्नुपर्छ भनेर बोल्ने र समिति बैठकमा राख्नुपर्छ भनेर अडान लिने व्यक्ति हो,’ खतिवडाले भने, ‘मैले कतै कुलिङ पिरियड राख्न हुँदैन भनेर बोले कि, त्यस अनुरूपको क्रियाकलाप गरे कि त्यो त छानबिन समितिले देखाइदिन पर्यो नि ?’
उनले आफू दोषी देखिए समितिमा सबै सदस्यहरूलाई दोषी देखाउनुपर्ने पनि बताए । राज्य व्यवस्था समितिबाट पास सङ्घीय निजामती सेवा विधेयकको प्रतिवेदन प्रतिनिधिसभामा जाँदा समिति सभापति खतिवडा र सचिव सुरजकुमार दुराको हस्ताक्षर थियो । त्यही हस्ताक्षरका आधारमा उनीहरूले नैतिक जिम्मेवारी लिनुपर्ने किटान छानबिन समितिले प्रतिवेदनमा गरेको छ ।
खतिवडाले सङ्घीय निजामती सेवा विधेयकको प्रतिवेदनमा आफूले सही गरेको कुरामा कुनै विवाद नरहेको बताए । प्रतिवेदन लेख्ने काम आफ्नो नभएको खतिवडाको भनाइ छ । पास गर्ने प्रतिनिधिसभा पनि जिम्मेवार हुनुपर्ने खतिवडाले बताए ।
आफूले प्रतिवेदन हेरेपछि मात्रै कसरी अगाडि बढ्ने निक्र्यौल गर्ने उनको भनाइ छ । ‘मैले प्रतिवेदन हेरेको छैन । हेरेपछि र नेताहरूसँग सल्लाह गरेपछि के गर्ने भन्ने तय हुन्छ,’ खतिवडाले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण