नेकपाले माओवादीसँग एकताबारे केन्द्रीय समिति बैठकबाट निर्णय गर्ने
सारांश
- विप्लव नेतृत्वको नेकपाले माओवादी केन्द्रसँग पार्टी एकताको विषयमा छलफल गर्न केन्द्रीय समिति बैठक बोलायो।
- पार्टी एकता सम्बन्धमा माओवादीको निर्णय आउनुअघि नै बैठक सम्पन्न भयो, र भदौ २२ गते निर्णय हुने भयो।
- विप्लवले माओवादीसँग एकताको लागि समाजवादी क्रान्तिको आधार तय गर्नुपर्ने बताए।
काठमाडौँ । विप्लव नेतृत्वको नेकपाले नेकपा (माओवादी केन्द्र)सँग पार्टी एकताको विषयमा केन्द्रीय समिति बैठकबाट आवश्यक निर्णय भएको छ ।
शनिबार विप्लव निवास हरिसिद्धिमा बसेको अनौपचारिक स्थायी समिति बैठकले आगामी भदौ २२ गते केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको छ । पार्टी एकता सम्बन्धमा माओवादीको निर्णय आउनुअघि नै बैठक सम्पन्न भएकाले शनिबारको बैठकमा एकताको विषयमा कुनै छलफल नभएको स्थायी समिति सदस्य कर्णजीत बुढाथोकीले बताए । अब सबै विषय भदौ २२ को बैठकमै छलफल भएर निर्णय हुने उनको भनाइ छ ।
नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले हिजो सम्पन्न स्थायी समिति बैठकपछि नेकपासँग एकता गर्ने निर्णय गरेको बताएका थिए । तर बुढाथोकीले समाजवादी क्रान्तिको आधार तय गर्न देश, जनता र वर्गको हितका लागि रूपान्तरण सहितको एकता भयो भने मात्र एकताको आधार बन्ने स्पष्ट पारे । यद्यपि माओवादीको निर्णयलाई सकारात्मक रूपमा लिन सकिने उनले बताए ।
‘समाजवादी क्रान्तिको आधार तय गर्न देश, जनता र वर्गको हितका लागि रूपान्तरण सहितको एकता भयो भने माओवादीसँग एकताको आधार बन्छ । क्रान्तिकारी ध्रुवीकरणलाई केन्द्रमा राखेर राजनीतिक, सांगठनिक, संघर्ष, वैचारिक स्पष्टता हुने सर्तमा एकता गर्न सकिन्छ । एकताको विषयमा पार्टीले कुनै निर्णय गरेको छैन । भदौ २२ गतेदेखि बस्ने केन्द्रीय समिति बैठकले यसबारे औपचारिक निर्णय गर्छ’, रातोपाटीसँग उनले भने ।
नेकपाले गतवर्ष वैशाखमा सम्पन्न केन्द्रीय समिति बैठकले माओवादीसँग एकता गर्ने निर्णय गरेको थियो । तर एकताका लागि प्रचण्डले कुनै पहल नगरेको भन्दै महासचिव विप्लवले असन्तुष्टि जनाउँदै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण