बागमती प्रदेशमा आज कांग्रेसबाट अधिकारीमात्र मन्त्री बन्ने
सारांश
- बागमती प्रदेशमा नेपाली कांग्रेसबाट शिवराज अधिकारी मन्त्री बन्ने भएका छन्।
- अधिकारी कांग्रेसबाट समानुपातिक तर्फ प्रदेशसभा सदस्य हुन् र उनको मन्त्रालय पछि तोकिनेछ।
- एमालेका ६ जना मन्त्रीले पनि शपथ लिने तयारी छ, जसमा मन्त्रालयको जिम्मेवारी टुंगो लागिसकेको छ।
हेटौँडा । बागमती प्रदेशमा नेपाली कांग्रेसबाट आज एक जना मात्रै मन्त्री बन्ने भएका छन्। इन्द्रबहादुर बानियाँ नेतृत्वको सरकारमा कांग्रेसबाट आज धादिङका शिवराज अधिकारी मन्त्री बन्न लागेका हुन् ।
उनको मन्त्रालय भने पछि तोक्ने गरी कांग्रेसले मन्त्रीको तयारीका लागि प्रक्रिया अगाडि बढाएको हो ।
अधिकारी कांग्रेसबाट समानुपातिक तर्फ खसआर्य कोटामा प्रदेशसभा सदस्य भएका हुन् ।
उनलाई आज बानियाँलाई मुख्यमन्त्रीमा नियुक्तिपछि सँगै शपथ ग्रहण गराउने तयारी गरिएको छ । यस्तै एमालेका ६ जना मन्त्रीले पनि पद तथा गोपनीयताको शपथ लिने तयारी छ।
एमालेले भागमा पाएको छवटा मन्त्रालयमा भने उक्त पार्टीलर् मन्त्री टुङ्ग्याइसकेको छ । एमालेबाट वन तथा वातावरण मन्त्रीमा भरतबहादुर केसी, कृषि तथा पशुपक्षी विकास मन्त्रीमा मधुसूदन पौडेल, भौतिक पूर्वाधार विकास मन्त्रीमा डा. दिनेशचन्द्र देवकोटा, श्रम रोजगार तथा यातायात मन्त्रीमा जयराम थापा, स्वास्थ्य मन्त्रीमा किरण थापा र उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्रीमा विन्दु श्रेष्ठलाई जिम्मेवारी दिने तयारी गरेको छ।
कांग्रेसको भागमा परेको मुख्यमन्त्रीबाहेक ७ वटा मन्त्रालयको जिम्मेवारी भने केही दिनमा टुङ्ग्याउने तयारी गरिएको कांग्रेसका एक सांसदले जानकारी दिए। पार्टीभित्र भागबण्डा नमिलेका कारण कांग्रेसले आज सबै मन्त्रीको टुंगो लाग्न नसकेको हो । उनका अनुसार अहिलेलाई एक जना मन्त्री सरकारमा पठाउने र अन्य मन्त्रालयको हकमा पार्टी केन्द्रीय सभापतिसँग छलफल गरेर मात्रै निर्णय गर्नेगरी दलको नेताले तयारी गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री बालेनलाई खुलापत्र
-
विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै लक्ष्मीप्रसाद
-
रूस र युक्रेनबिच तनाव बढ्दै, ड्रोन आक्रमण र प्रतिकार जारी
-
सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन
-
कोबोली फ्रेन्च ओपनको फाइनलमा, आर्नाल्डी बाहिरिए
-
मलाई न्याय र राजनीतिमा मात्र सीमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँ: सुशीला कार्की
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण