भारतको उत्तराखण्डमा बाढी–पहिरोले ठुलो क्षति, कैयौँ मानिस बेपत्ता
सारांश
- उत्तराखण्डको उत्तरकाशीमा बाढीपहिरोका कारण ठुलो क्षति पुगेको छ।
- बाढीले धरालीमा धेरै होटल र घरहरू बगाएको छ, जसमा धेरै नागरिक सम्पर्कविहीन छन्।
- अहिलेसम्म चार जनाको मृत्यु भएको पुष्टि भएको छ र उद्धार कार्य जारी छ।
काठमाडौँ । भारतको उत्तराखण्ड राज्यको उत्तरकाशीमा मंगलबार बाढी–पहिरोले ठुलो क्षति निम्त्याएको छ । खीर गंगामा जलस्तर बढेपछि धराली भन्ने ठाउँमा ठुलो क्षति भएको हो ।
उत्तरकाशीका जिल्ला अधिकारी प्रशान्त आर्यका अनुसार अहिलेसम्म चार जनाको मृत्यु भएको पुष्टि भएको छ ।
बाढी तथा पहिरोले कैयौँ होटल तथा होमस्टेमा समेत क्षति पुगेको छ । बाढी–पहिरोका कारण कैयौँ नागरिक सम्पर्कविहीन रहेको स्थानीयवासीलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
मंगलबार स्थानीय समयअनुसार दिउँसो २ बजे धरालीमा बाढी आएको हो । सो क्षेत्रका ६० देखि ७० जना सम्पर्कमा नरहेको भारतीय न्यूज च्यानल ‘आज तक’को अनलाइन संस्करणले जनाएको छ ।
बाढीले होटल, बजार र आवासीय घरसमेत बगाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । सो क्षेत्रमा अहिले उद्धार कार्य सुरु गरिएको छ । क्षतिको विवरण आउन केही समय लाग्ने अधिकारीहरूले जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण