बाढी
भारतको उत्तरकाशीमा बाढी : करिब ५० सर्वसाधारण र १० सैनिक बेपत्ता
मङ्गलबार, २० साउन २०८२, २० : ४२
काठमाडौँ । भारतको उत्तराखण्ड राज्यको उत्तरकाशीमा मंगलबार दिउँसो बाढी आउँदा करिब ५० सर्वसाधारण र १० सैनिक बेपत्ता भएका छन् ।
भारतीय सेनाको क्याम्पभन्दा करिब ४ किलोमिटर टाढा धराली गाउँमा बाढी आएको हो । उद्धारकर्मीका अनुसार चार जनाको मृत्यु भएको छ भने करिब ५० सर्वसाधारण बेपत्ता छन् ।
बाढी आउँदा धरालीमा स्थानीयवासी र पर्यटक गरी करिब दुई सय जना रहेको जनाइएको छ । स्थानीयले बजारदेखि लिएर धरालीका अधिकांश घरमा क्षति भएको जनाएका छन् ।
बाढीले सेनाको क्याम्पमा समेत क्षति पुगेको जनाइएको छ । हर्षिलस्थित नदी छेउमा बनाइएको हेलिप्याडमा पनि बाढीले क्षति पुर्याएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उम्मेदवारी फिर्ता र समर्थनप्रति गणेश कार्कीको असन्तुष्टि- ‘यसले सभापतिको भनाइलाई नै खिल्ली उडायो’
-
अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध छ : रुबियो
-
निर्माण इजाजतपत्र अब अनलाइनबाटै नवीकरण हुनेः साउन १ देखि नयाँ व्यवस्था लागू
-
‘हन्टर’ असोज ९ गतेदेखि प्रदर्शन हुने
-
ललितपुर महानगरपालिकाद्वारा एक दिने सीप तथा रोजगार मेला आयोजना
-
मधेसको जनादेश र रास्वपाको दस्तावेज मेल खाएन : सुदन किराती
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण