दक्षिण कोरिया
न्यूनतम पारिश्रमिक वृद्धि गर्दै श्रमिक जीवनस्तर सुधारतर्फ कोरियाको पहल
मङ्गलबार, २० साउन २०८२, २२ : ४९
सारांश
- दक्षिण कोरियाको श्रम मन्त्रालयले सन् २०२६ का लागि न्यूनतम पारिश्रमिक २.९ प्रतिशतले वृद्धि गर्ने निर्णय गरेको छ।
- नयाँ न्यूनतम प्रति घण्टा पारिश्रमिक १० हजार ३२० वोन (करीब ७.४३ अमेरिकी डलर) तोकिएको छ।
- यो वृद्धि अघिल्लो वर्षको वृद्धिदरभन्दा तीव्र रहेको छ र यो सन् १९८८ देखि लागू भएको प्रणाली अन्तर्गतको हो।
सिओल । दक्षिण कोरियाको श्रम मन्त्रालयले सन् २०२६ का लागि न्यूनतम पारिश्रमिक २।९ प्रतिशतले वृद्धि गर्ने निर्णय गरेको छ ।
मन्त्रालयका अनुसार २०२६ को न्यूनतम प्रति घण्टा पारिश्रमिक १० हजार ३२० वोन (करीब ७.४३ अमेरिकी डलर) तोकिएको छ, जुन हालको १० हजार ३० वोन (७.२२ डलर) भन्दा उच्च हो ।
यो वृद्धिदर अघिल्लो वर्षको १.७ प्रतिशत वृद्धिदर तुलनामा तीव्र रहेको छ । सन् १९८८ देखि लागू गरिएको न्यूनतम पारिश्रमिक प्रणालीअन्तर्गत यो दर वृद्धि गरिएको हो ।
चालिस घण्टे साप्ताहिक कार्य घण्टाका आधारमा यो न्यूनतम पारिश्रमिक मासिक रूपमा अन्दाजी एक हजार ५५२ अमेरिकी डलर हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेचीनगरको दिसाजन्य लेदो प्रशोधन केन्द्र पूर्ण क्षमतामा चल्न सकेन
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण