शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

तपाईंको खाता पनि खतरामा छ कि ? यसरी लगाउनुहोस् पत्ता

बुधबार, २१ साउन २०८२, १२ : ४९
बुधबार, २१ साउन २०८२

सारांश

  • डेटा चोरी र पासवर्ड लिक हुनु सामान्य भइसकेको छ, यसबाट बच्न सकिने उपायहरू छन्।
  • आफ्नो पासवर्ड लिक भएको छ कि छैन भनी पत्ता लगाउन विभिन्न उपकरण र विधिहरू प्रयोग गर्न सकिन्छ।
  • पासवर्ड लिक भएमा तुरुन्तै परिवर्तन गर्ने, दुई-कारक प्रमाणीकरण सक्रिय गर्ने र फिसिङबाट जोगिनुपर्छ।

काठमाडौँ । आजको डिजिटल संसारमा डेटा चोरी हुनु, पासवर्ड लिक हुनु सामान्य कुरा हो । साइबर अपराधीहरूले निरन्तर अनलाइन सेवाहरूलाई लक्षित गरिरहेका हुन्छन् ।

 पासवर्ड लिक भयो भने, यसले खातामा अनधिकृत पहुँच दिने, वित्तीय ठगी र पहिचान चोरी जस्ता ठुला खतराहरू निम्त्याउन सक्छन् । 

राम्रो कुरा के हो भने तपाईँ आफैँले आफ्नो पासवर्ड लिक भएको छ कि छैन भनेर पत्ता लगाउन सक्नुहुन्छ र आवश्यक कदम चाल्न सक्नुहुन्छ । आजको यस लेखमा हामी यस्तै टूलबारे तपाईँलाई बताउनेछौँ । 

Have I Been Pwned ? (HIBP)

यो एउटा निकै भरपर्दो र प्रसिद्ध उपकरण हो । यसको लागि, वेबसाइट (https://haveibeenpwned.com/) मा जानुहोस् र आफ्नो इमेल ठेगाना हाल्नुहोस् । तपाईंको इमेल र यससँग सम्बन्धित पासवर्ड कुनै डेटा उल्लङ्घनको सिकार भएको छ कि छैन भनेर यसले बताइदिन्छ । यसमा Pwned PasswordsÚ नामक सुविधा पनि छ, जहाँ तपाईँ सिधै पासवर्ड हालेर जाँच गर्न सक्नुहुन्छ । यसले तपाईंको गोपनीयता सुरक्षित राख्दै काम गर्छ । 

ब्राउजर र अपरेटिङ सिस्टमका टूल

गुगल पासवर्ड जाँच: तपाईँ गुगल क्रोम वा एन्ड्रोइड प्रयोग गर्नुहुन्छ भने, गुगल खातामा ’पासवर्ड जाँच’ सुविधा हुन्छ । यसले तपाईँले सेभ गरेर राख्नु भएका पासवर्डहरू स्क्यान गरिदिन्छ अनि कुनै पासवर्ड लिक भएको छ, बारम्बार प्रयोग गरिएको छ वा कमजोर छ भने बताइदिन्छ । यो Google Account > Security > Password Manager  मा गएर हेर्न सकिन्छ ।

एप्पल आईक्लाउड किचेन पासवर्ड निगरानी:

एप्पल प्रयोगकर्ताका लागि, आईक्लाउड किचेनले डिभाइसमा सेभ गरेर राखिएका एकाउन्टका पासवर्डका डेटा उल्लङ्घन भएको छ कि छैन भनेर हेर्छ र यस्तो भएको छ भने अलर्ट गर्दछ । 

अन्य ब्राउजरका टल्सः

फायरफक्स र एज जस्ता ब्राउजरहरूमा पनि यस्तो पत्ता लगाउने सुविधा छन् । 

पासवर्ड म्यानेजर सर्भिसः

LastPass, !Password, Bitwarden / Keeper जस्ता  विश्वसनीय पासवर्ड प्रबन्धकहरूसँग पनि डेटामा अनधिकृत घूसपैठबारे अलर्ट गराउने प्रणाली छ । यसले प्रयोगकर्ताले सेभ गरेर राखेका लगइनलाई लिक भएको डाटाबेससँग मिलाउँछ र कि भएको देखिएमा सचेत गराउँछन् । यसले बलियो पासवर्डहरू बनाउन पनि मद्दत गर्छन् ।

डार्क वेब निगरानी सेवाहरू:

Norton, Avast, F–Secure जस्ता एन्टिभाइरस ब्रान्ड र कयौँ स्पेशलाइज्ड आइडेन्टिटी थेफ्ट प्रोटेक्शन सर्भिसेवले डार्क वेबमा गएर तपाईंको जानकारी स्क्यान गर्छन् । तपाईंको पासवर्ड वा व्यक्तिगत जानकारी त्यहाँ फेला पर्‍यो भने, तिनीहरूले तपाईँलाई तुरुन्तै सूचित गर्छन् । 

पासवर्ड लिक भएको रहेछ भने के गर्ने ?

  • लिक भएको पासवर्ड तुरुन्तै परिवर्तन गर्नु पर्छ । सबैभन्दा पहिले, जुन खाताबाट जानकारी लिक भएको छ त्यसको पासवर्ड परिवर्तन गर्नुस् । 
  • अन्य खातामा पनि यही पासवर्ड प्रयोग गरिएको छ भने सबै ठाउँमा पासवर्ड फेर्नुहोस् । सबै खातामा एउटै खालको पासवर्ड प्रयोग गर्नु राम्रो होइन । हरेक खातामा छुट्टा छुट्टै पासवर्ड राख्नुस् । 
  • दू फ्याक्टर अथेन्टिकेशन इलेबल गर्ने– सम्भव भएसम्म दू फ्याक्टर अथेन्टिकेशन इलेबल गर्नुहोस् । ताकि पासवर्ड हुँदा पनि कसैले तपाईंको अनुमति खातामा लग इन गर्न नसकोस् । 
  • आफ्नो खाताहरूको निगरानी गर्नुपर्छ । लगइन अलर्टहरू, अनौठा इमेलहरू वा बैंक लेनदेनहरूमाथि अलिक ध्यान दिनुहोस् ।  
  • फिसिङबाट सावधान रहनेः ह्याकरहरूले डेटा उल्लङ्घन पछि प्रायः फिसिङ इमेलहरू पठाउँछन् । तपाईंको व्यक्तिगत विवरणहरू सोध्ने अज्ञात लिङ्कहरू र इमेलहरूबाट बचेर रहनुहोस् । 

पासवर्ड लिक हुनु नौलो कुरा होइन । तर समय–समयमा जाँच गर्नुभयो र सही कदम चाल्नुभयो भने, तपाईँ साइबर अपराधको सिकार हुनबाट बच्न सक्नुहुन्छ । पासवर्ड म्यानेजर, दू फ्याक्टर अथेन्टिकेशन र डार्क वेब निगरानी जस्ता कदमहरूले तपाईंको डिजिटल सुरक्षालाई बलियो बनाउँछ । सतर्क रहनुहोस् र आफूलाई सुरक्षित राख्नुहोस् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप