वर्षाका कारण देशभरका सात राजमार्ग अवरुद्ध, १३ राजमार्ग एकतर्फी सञ्चालनमा
सारांश
- देशभर वर्षाका कारण आएको बाढीपहिरोले सात राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन्।
- सङ्खुवासभा, रसुवा, सिन्धुपाल्चोक, म्याग्दी, गुल्मी र रुकुम पश्चिमका राजमार्ग अवरुद्ध छन्।
- काठमाडौँ, तेह्रथुम, महोत्तरी, रसुवा, बागलुङ, नवलपरासी पूर्व, मुस्ताङ, तनहुँ, अर्घाखाँची, दाङ, रोल्पा र दैलेखका सडकखण्ड एकतर्फी सञ्चालनमा छन्।
काठमाडौँ । मुलुकभर परेकोे वर्षाका कारण आएको बाढीपहिरोबाट देशभरका सात राजमार्ग पूर्णरूपमा अवरोध भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार वर्षाका कारण देशभरका सात मुख्य राजमार्ग अवरोध भएका हुन् ।
अवरोध हुनेमा सङ्खुवासभाको भोटखोला गाउँपालिकास्थित कोशी राजमार्ग, रसुवाको गोसाइकुण्ड गाउँपालिकास्थित नेपाल चीन नाका जोड्ने पुल, रसुवाको गोसाइकुण्ड गाउँपालिकास्थित पासाङल्हामु राजमार्ग, सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकास्थित अरनिको राजमार्ग पूर्णरूपमा अवरोध भएको छ ।
यस्तै, म्याग्दीको अन्नपूर्ण गाउँपालिकास्थित कालिगण्डकी करिडोर, गुल्मीको रुरु गाउँपालिकास्थित रिडी तम्घास सडक र रुकुम पश्चिमको आठबिसकोट नगरपालिकास्थित जाजरकोट डोल्पा भेरी करिडोर सडक खण्ड पूर्णरूपमा अवरोध भएको प्रहरीले जनाएको छ ।
यसैगरी काठमाडौँको टोखाबाट नुवाकोट जाने सडकखण्ड, तेह्रथुमको मध्यपहाडी राजमार्ग, महोत्तरीको पूर्वपश्चिम लोकमार्ग, रसुवाको गल्छी त्रिशुली सडक, बागलुङको कालिगण्डकी करिडोर र मध्यपहाडी राजमार्ग, नवलपरासी पूर्वको कालिगण्डकी करिडोर, मुस्ताङको वेनी जोमसोम सडक, तनहुँको पृथ्वीराजमार्ग एकतर्फीरूपमा सञ्चालनमा आएका छन् ।
यसैगरी, अर्घाखाँचीको सन्धीखर्क गोरुसिङ्गे सडक, दाङको राप्ती राजमार्ग, रोल्पाको सहिद राजमार्ग र दैलेखको दैलेख सुर्खेत सडकखण्ड पनि एकतर्फीरूपमा सञ्चालन भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण