मिडिया काउन्सिल विधेयकबारे नेपाल मिडिया सोसाइटीको अन्तरक्रिया
काठमाडौँ । नेपाल मिडिया सोसाइटीले प्रस्तावित मिडिया काउन्सिल विधेयकबारे गम्भीर सरोकार राख्दै बुधबार एक अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ ।
सोसाइटीका अध्यक्ष मदन लम्सालको अध्यक्षता गरिएको अन्तरक्रियामा प्रेस काउन्सिल नेपालका पूर्व अध्यक्ष राजेन्द्र दाहाल, नेपाल पत्रकार महासङ्घका पूर्व अध्यक्षद्वय तारानाथ दाहाल र शिव गाउँले, महासङ्घका महासचिव रामप्रसाद दाहाल, वरिष्ठ अधिवक्ता टिकाराम भट्टराई, अधिवक्ता रमण कर्ण र कान्तिपुर दैनिकका प्रधान सम्पादक उमेश चौहानले विधेयकका विविध पक्षमा धारणा राखेका थिए ।
सहभागी विज्ञ, सम्पादक तथा सञ्चालकहरूले प्रस्तावित विधेयक नियमनमुखीभन्दा नियन्त्रणमुखी देखिएको भन्दै कडा आपत्ति जनाएका थिए । उनीहरूले यथास्थितिमा विधेयक जारी हुनु हुँदैन भन्ने स्पष्ट धारणा राख्दै, यो मिडिया जगतको हित, स्वतन्त्रता र गरिमा प्रतिकूल हुने बताएका छन् ।
कार्यक्रममा सोसाइटीका उपाध्यक्ष महेश स्वाँर, सचिव नवराज कुँवर, कोषाध्यक्ष डा. जनकराज पन्त, तथा राष्ट्रिय दैनिकका प्रधान सम्पादक डा. बालकृष्ण चापागाईँ लगायतको उपस्थिति थियो ।
नेपाल मिडिया सोसाइटीले विधेयकको विषयमा थप परामर्श गर्दै आवश्यक संशोधनसहित सरकार समक्ष औपचारिक धारणा पेस गर्ने तयारी गरिरहेको जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण