भीम र सुस्मिता आईटीएफ वर्ष उत्कृष्ट खेलाडी
काठमाडौँ । नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ (आईटीएफ) ले भीमबहादुर तामाङ र सुस्मिता थापा मगरलाई वर्ष उत्कृष्ट खेलाडी अवार्ड– २०८१ बाट बुधबार सम्मान गरेको छ । पुरुषमा भीम तथा महिलामा सुस्मिताले वर्ष उत्कृष्ट खेलाडी अवार्डसहित नगद पुरस्कार पाए ।
भीमले २४ औँ राष्ट्रिय आईटीएफ तेक्वान्दो प्रतियोगितामा ३ स्वर्ण जितेका थिए । त्यही प्रतियोगितामा सुस्मिताले २ स्वर्ण जितेकी थिइन् ।महासङ्घले आफ्नो २८ औँ वार्षिकोत्सवमा वर्ष खेलाडीसहित वर्ष उत्कृष्ट प्रशिक्षक, प्रदेश सङ्घ र जिल्ला सङ्घलाई पनि सम्मान गरेको थियो । प्रशिक्षकमा आकाशचन्द्र घर्ती मगर, प्रदेश सङ्घमा गण्डकी र जिल्ला सङ्घमा गुल्मी उत्कृष्ट चुनिए ।
सोही अवसरमा गत अगस्ट १९ देखि २६ तारिखसम्म भारतमा भएको दसौँ एसियाली आईटीएफ तेक्वान्दो प्रतियोगिताका स्वर्ण विजेता किशोर श्रेष्ठ र राजमन्दिर श्रेष्ठ तथा रजत विजेता चन्द्रबहादुर तामाङ पनि सम्मानित भए ।
उनीहरूलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) उपाध्यक्ष ध्रुव आचार्य, राखेपका सदस्य अञ्जन धमला, आईटीएफका अध्यक्ष प्रवीणकुमार कार्की, महासचिव घमबहादुर थापालगायतले एक कार्यक्रमबिच सम्मान गरे ।
विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाउने क्रममा यसअघि महासङ्घले भक्तपुरको कौसल्टारस्थित मानव सेवा आश्रममा आश्रितलाई खाना खुवाएको थियो भने रक्तदान पनि गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाली जनसम्पर्क समिति अमेरिकाको अधिवेशन अगस्टमा
-
म्याराडोनाको विवादास्पद गोलसँगै पराजित भएकै मैदानमा मेक्सिकोसँग भिड्दै इंग्ल्यान्ड
-
पदयात्रा पर्यटनका समस्या समाधान गर्न पर्यटनमन्त्रीकाे ध्यानाकर्षण
-
प्रविधिमार्फत निगरानी बढाउँदै ट्राफिक प्रहरी
-
बङ्गलादेशको निर्यातमा सामान्य कमी
-
शिथिल अर्थतन्त्रलाई गति दिने मौद्रिक नीतिको खोजी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण