झडप
धनुषामा सशस्त्र प्रहरी र तस्कर समूहबिच झडप, ४ राउण्ड हवाई फायर
बुधबार, २१ साउन २०८२, २१ : ५४
धनुषा । भारतबाट अवैध रूपले ल्याउँदै गरेको सामान नियन्त्रणमा लिने क्रममा धनुषामा सशस्त्र प्रहरी र तस्कर समूहबिच झडप भएको छ ।
जिल्लाको विदेह नगरपालिका–२ दुहवीस्थित आँप बगैँचामा बुधबार साँझ भारतबाट अवैध रूपले ल्याउँदै गरेको सामान नियन्त्रणमा लिने क्रममा झडप भएको हो ।
सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म महिनाथपुबाट डीएसपीको कमाण्डमा रहेको सुरक्षा फौजले उक्त तस्करीको सामान नियन्त्रणमा लिन खोज्दा तस्कर र स्थानीय बासिन्दा जम्मा भई सुरक्षाकर्मीमाथि ढुङ्गामुढा प्रहार गरेका थिए ।
स्थितिलाई नियन्त्रणमा लिने क्रममा सशस्त्र प्रहरी बलले एसएलआरबाट ४ राउण्ड हवाई फायर गरेको डीएसपी शैलेन्द्र थापाले बताए । सशस्त्र प्रहरीले एउटा मोटरसाइकल र केही किराना सामान नियन्त्रणमा लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशु चिकित्सकलाई औषधि सिफारिस गर्ने कानुनी अधिकार सुनिश्चित गर्न सर्वोच्चको आदेश
-
इजरायली प्रधानमन्त्री नेतन्याहुले अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने
-
बालसुधार गृहका बालकमा छाला रोगको सङ्क्रमण
-
माइक्रोबस दुर्घटना हुँदा ८ जना घाइते
-
आयुर्वेद चिकित्सा परिषद् रजिस्ट्रार नियुक्ति प्रक्रिया विवादमा, अन्तिम समयमा थपिए नयाँ उम्मेदवार
-
महाराजगञ्जमा ईभी माइक्रोले ८ वटा गाडीलाई ठक्कर दियो, एक जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण