विधान महाधिवेशनस्थलबाट एमाले नेताको उद्घोष : अफवाह चिर्दै एक सुरमा अघि बढ्ने
सारांश
- नेकपा एमालेका शीर्ष नेताहरूले विधान महाधिवेशनस्थल गोदावरी सनराइज हलको निरीक्षण गरेका छन्।
- एमालेको विधान महाधिवेशन जेठ २० देखि २२ गतेसम्म गोदावरी सनराइज हलमा हुँदैछ।
- कार्यवाहक अध्यक्ष ईश्वर पोखरेलले महाधिवेशनको तयारीको समग्र पाटो अवलोकन गरी आवश्यक सुझाव दिए।
काठमाडौँ । नेकपा एमालेका शीर्ष नेताहरूले विधान महाधिवेशनस्थल गोदावरी सनराइज हलको निरीक्षण गरेका छन् । एमालेका कार्यवाहक अध्यक्ष ईश्वर पोखरेलको नेतृत्वमा एमाले शीर्ष नेताहरूले बिहीबार महाधिवेशन स्थलको निरीक्षण गरेका हुन् ।
एमालेको विधान महाधिवेशन आगामी जेठ २० देखि २२ गतेसम्म गोदावरी सनराइज हलमा हुँदैछ । सोही क्रममा आज बिहान कार्यवाहक अध्यक्ष पोखरेल, उपाध्यक्ष तथा उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल, महासचिव शङ्कर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, जनसङ्गठन समन्वय संयन्त्रका प्रमुख भानुभक्त ढकाल, प्रचार विभाग प्रमुख राजेन्द्र गौतम, स्वास्थ्य विभाग प्रमुख कृष्णगोपाल श्रेष्ठ, केन्द्रीय कार्यालय सचिव डा.भीष्म अधिकारीलगायतका नेताहरूले महाधिवेशन स्थलको समग्र पाटोको निरीक्षण गरेका हुन् ।
एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली तुर्कमेनिस्तानको भ्रमणमा रहेकाले हाल एमालेमा कामको नेतृत्व कार्यवाहक अध्यक्ष ईश्वर पोखरेलले गरेका छन् । कार्यवाहक अध्यक्ष पोखरेल सो जिम्मेवारीमा रहँदासम्म केन्द्रीय कार्यालयमा दिनभर बसेर पार्टीका नेता कार्यकर्तासँग भेट्ने र केन्द्रीय कमिटीको निर्णयबारे आफ्नो धारणासहित कार्यान्वयनमा लैजाने विषयमा जोड दिँदै आएका छन् ।
आफ्नो कुरा जेसुकै भएपनि निर्णय मानेर जानुपर्छ भन्ने मान्यतामा रहेका कार्यवाहक अध्यक्ष पोखरेल बिहीबार महाधिवेशन तयारीका लागि जिम्मेवारी तोकिएका पार्टीका सबैजसो नेताहरूलाई साथमा लिएर गोदावरी पुगेका थिए । कार्यवाहक अध्यक्ष पोखरेलले महाधिवेशनको तयारीको समग्र पाटो अवलोकन गर्नुका साथै आवश्यक सुझाव दिइएको बताए ।
यस्तै महासचिव शङ्कर पोखरेलले महाधिवेशन तयारीको कामलाई तीव्रता दिन व्यवस्थापनमा खटिएका टिमलाई निर्देशन दिँदै एमालेले आफ्नो विधान महाधिवेशनलाई जेनजी पुस्तादेखि पाका पुस्तासम्मलाई आकर्षित गर्ने गरी हलको डिजाइन गर्ने बताए ।
प्रविधिको प्रयोगमा सबैभन्दा अगाडि रहेको एमाले यो महाधिवेशनबाट व्यवहारमा त्यसलाई सिद्ध गर्ने योजनाका साथ काम थालेको नेताहरूले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण