गृहमन्त्री लेखकले विमानस्थल अध्यागमन कार्यालयबाट तानेका कोइरालालाई दिए गुल्मीको बागडोर
सारांश
- गृह मन्त्रालयले विष्णुप्रसाद कोइरालालाई गुल्मीको प्रमुख जिल्ला अधिकारीमा सरुवा गरेको छ।
- कोइरालालाई भिजिट भिसामा कडाइ नगरेको आरोप लागेको थियो, तर उनलाई पुरस्कृत गरिएको छ।
- मन्त्री लेखकले अन्य सहसचिवहरूको पनि सरुवा गरेका छन्, तर मन्त्रालयले औपचारिक जानकारी दिएको छैन।
काठमाडौँ । गृह मन्त्रालयले असार २२ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयको प्रमुख अध्यागमन अधिकृतबाट मन्त्रालयमा तानेका विष्णुप्रसाद कोइरालालाई गुल्मीको प्रमुख जिल्ला अधिकारी बनाएर पठाएको छ । गृहमन्त्री रमेश लेखकस्तरीय निर्णयबाट मंगलबार साँझ उनलाई गुल्मीको प्रमुख जिल्ला अधिकारी बनाएर पठाए पनि मन्त्रालयले यसबारे सूचना जारी गरेर औपचारिक जानकारी गराएको छैन ।
गत जेठ ६ गते तत्कालीन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख अध्यागमन अधिकृत तीर्थराज भट्टराईलाई मन्त्रालयमा तानेर पाँचथरको प्रमुख जिल्ला अधिकारी रहेका कोइरालालाई त्यहाँ पठाइएको थियो । त्यहाँ पुगेको दुई महिना पनि काम गर्न नपाउँदै मन्त्रालयमा तानिएका कोइरालालाई गुल्मी पठाएपछि लामो समयदेखि मन्त्रालयको जगेडामा रहेका सहसचिवहरू असन्तुष्ट बनेका स्रोतहरू बताउँछन् ।
भिजिट भिसामा मुलुकबाहिर जानेहरूलाई कडाइ गर्ने मन्त्रालयको निर्देशन नमानेको भन्दै तानिएका कोइरालालाई किन फेरि प्रमुख जिल्ला अधिकारी बनाएर पठाइ पुरस्कृत गरियो भन्नेमा मन्त्रालयका पदाधिकारीहरू नै असन्तुष्ट छन् ।
कोइरालासँगै मंगलबार साँझ मन्त्री लेखकले नीति योजना अनुगमन तथा मूल्याङ्कन महाशाखा प्रमुख सहसचिव आनन्द काफ्लेलाई सुरक्षा तथा समन्वय महाशाखा प्रमुख र मन्त्रालयको प्रवक्ता र अध्यागमन विभागको महानिर्देशकबाट तानिएका सहसचिव गोविन्द रिजाललाई विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखा प्रमुखमा सरुवा गरेका थिए । यसबारे मन्त्रालयले सूचना जारी गरेर औपचारिक जानकारी गराएको छैन ।
नवनियुक्त प्रवक्ता काफ्लेले कोइरालालाई मन्त्रीस्तरीय निर्णयबाट गुल्मीको प्रमुख जिल्ला अधिकारी बनाएर पठाउने निर्णय भएको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण