सिसन बानियाँको प्रश्न : चिया–बिस्कुट खुवाएर च्याम्पियनको सम्मान हुन्छ ?
सारांश
- भ्लगर सिसन बानियाँले म्याट्रिक्स फाइट नाइट विजेता रवीन्द्र ढाँटलाई राष्ट्रपति कार्यालयमा सम्मान गरेकोमा असन्तुष्टि जनाएका छन्।
- राष्ट्रपति रामचन्द्र पौडेलले ढाँटलाई शीतल निवासमा सम्मान गरेपछि बानियाँले सामाजिक सञ्जालमा टिप्पणी गरेका हुन्।
- बानियाँले च्याम्पियनलाई उचित सम्मान नगरेको र आर्थिक सहयोग नगरेको भन्दै आलोचना गरे।
काठमाडौँ । भारतको नोयडामा सम्पन्न म्याट्रिक्स फाइट नाइट (एमएमएन) मा उपाधि जितेका रवीन्द्र ढाँटलाई राष्ट्रपति कार्यालयमा दिइएको सम्मानप्रति भ्लगर सिसन बानियाँले प्रश्न उठाएका छन् । बुधबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले ढाँटलाई सम्मान गरेका थिए ।
यसबारे बानियाँले सामाजिक सञ्जालमा गम्भीर असन्तुष्टि पोखेको छन् । उनले लेखेका छन्, ‘इमानदारीपूर्वक भन्दा, च्याम्पियनलाई कुनै सम्मान महसुस भएन । ५ मिनेटको भाषण हानेर, फोटो खिचाएर टाप । हामीलाई चिया बिस्कुट खान भनेर छोडियो ।’
उनले थपे, ‘त्यो कुरूप हलमा ढाँटले एक कप चिया खायो । २० मिनेट सबैसँग सिङ्गल फोटो खिच्यो । के त्यसरी देशको च्याम्पियनलाई सम्मान गरिन्छ ?’ ‘मेरो केटाले धेरै मेहनत गरेको छ । यदि च्याम्पियनबाट केही पब्लिसिटी चाहिन्छ भने हिरोलाई आर्थिक रूपले पनि सम्मान गर !’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण