‘नेपालबाट कहिल्यै पनि टाढा थिइनँ’
सारांश
- मोन्टी देसाई नेपाल प्रिमियर लिग (एनपीएल) को अक्सनको लागि काठमाडौं आएका छन्।
- उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिएको थियो।
- मोन्टीले यसअघि नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षकको रूपमा दुई वर्ष काम गरेका थिए।
काठमाडौँ । काठमान्डु गोर्खाजका मुख्य प्रशिक्षक मोन्टी देसाई बिहीबार नेपाल आइपुगेको छ । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको शनिबार हुने अक्सनलाई लक्ष्य गरेर मोन्टी काठमाडौँ आएका हुन् ।
काठमान्डु गोर्खाजका प्रशिक्षक वसन्त शाही ठकुरी, काठमान्डु गोर्खाजका कार्यकारी निर्देशक अनुभव स्वाँर सिरोहिया, प्रमुख कार्यकारी अधिकृत सुरजसिंह ठकुरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मोन्टीलाई स्वागत गरेका थिए । फेब्रुअरीमा नेपाली राष्ट्रिय टोलीमा आफ्नो दुई वर्षे कार्यकाल सकेर गएका मोन्टी ६ महिनापछि काठमाडौँ आएका हुन् ।
मोन्टी २०२३ को फेब्रुअरी देखि २ वर्ष नेपालको प्रशिक्षक रहेका थिए । यही क्रममा नेपालले विश्वकप लिग २ का १२ खेलमा ११ खेल जित्दै सिधै २०२३ को एकदिवसीय विश्वकप छनोटमा पुगेको थियो । मोन्टीकै प्रशिक्षणमा नेपालले पहिलो पटक एसिया कप खेलेको थियो भने १० वर्षपछि ट्वान्टी–२० विश्वकपमा पुनरागमन गरेको थियो ।
‘नेपालबाट कहिल्यै पनि म टाढा थिइन, त्यही भएर फेरि काठमाडौँ आएको छु, यस पटक म फरक जिम्मेवारीका साथ आएको छु,’ मोन्टीले सञ्चारकर्मीसँग भने, ‘गत वर्ष पनि म एनपीएलको सेरोफेरोमा रहेको थिए“, अहिले काठमान्डु गोर्खाजले प्रस्ताव गरेपछि आएको छु, म नयाँ भूमिकामा काम गर्न निकै उत्साहित छु ।’
काठमाडौँ स्पोर्टस डेभलपमेन्ट भेन्चरको स्वामित्वमा रहेको काठमान्डु गोर्खाजको प्रशिक्षण टोलीमा मोन्टी र वसन्तसहित टेक्निकल एनालिष्टमा सुरज शाक्य र फिजियोमा पुरन तिरुवा रहेका छन् । काठमान्डु गोर्खाजले एनपीएलको पहिलो सिजनबाट मार्की खेलाडी करण केसीसहित भीम सार्की, शाहव आलम, रशिद खान, दीपेश कँडेल र प्रतीक श्रेष्ठलाई ‘रिटेन’ गरिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीको प्राविधिक समूहमा सईबाट वरिष्ठ सईमा बढुवा सिफारिस
-
इच्छाराज तामाङको बदमासीले सिभिल मलमा स्वामित्वको चक्रव्यूह
-
लागुऔषध खैरो हेरोइनसहित १० जना पक्राउ
-
भारत भ्रमणबाट फर्किएपछि रविले भने, ‘परराष्ट्र नीति पार्टीको हुँदैन, देशको हुन्छ’
-
‘तपाईं प्रधानमन्त्री बन्ने हल्ला छ नि ?’ भन्ने प्रश्नमा रविले दिए यस्तो जवाफ
-
रमा तिवारीको हत्यामा संलग्न आरोपमा भारतीय युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण