उच्च अदालतका लागि २७ न्यायाधीश सिफारिस : यी हुन् जिल्लाबाट सिफारिस हुने १६ न्यायाधीश
सारांश
- न्याय परिषद्ले उच्च अदालतमा २७ जना न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको छ।
- सिफारिसमा १६ जना जिल्ला अदालतका न्यायाधीश, ५ जना न्याय सेवाबाट र ६ जना कानुन व्यवसायी छन्।
- प्रधानन्यायाधीशले सिफारिस भएका व्यक्तिहरूलाई नियुक्त र पदस्थापन गर्नेछन्।
काठमाडौँ । न्याय परिषद्ले उच्च अदालतमा २७ जना न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको छ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको अध्यक्षतामा बिहीबार बसेको परिषद्को बैठकले यस्ताे निर्णय गरेको हो ।
सिफारिस भएका मध्ये १६ जना जिल्ला अदालतका न्यायाधीश छन् । पाँच जना न्याय सेवाबाट र ६ जना कानुन व्यवसायीबाट उच्च अदालतको न्यायाधीशमा सिफारिस भएका छन् ।
जिल्ला न्यायाधीशबाट गोपालराज बास्तोला, गिरीराज गौतम, युवराज गौतम, तेजनारायण पौडेल, प्रकाश ढुङ्गाना, दीपककुमार खरेल, शिवबहादुर रानाभाट, कमलप्रसाद पोखरेल,दलबहादुर केसी, वासुदेव न्यौपाने, प्रकाशचन्द्र अधिकारी, केशवप्रसाद अधिकारी, रमेशप्रसाद ज्ञवाली, उद्धवप्रसाद भट्टराई, अवनी मैनाली भट्टराईलाई उच्च अदालतको न्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेको छ ।
न्याय सेवाबाट न्याय परिषद्का सचिव यमबहादुर बुढामगर,उच्च अदालत पोखराका रजिष्ट्रार खड्गराज अधिकारी, उच्च सरकारी वकिल कार्यालयका सहन्यायाधिवक्ता शंकर खत्री,सर्वोच्चका सहरजिष्ट्रार अच्युत कुइँकेल, कानुन मन्त्रालयका सहसचिव कोमलबहादुर खत्रीलाई पनि उच्च अदालतको न्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेको छ ।
कानुन व्यवसायीबाट शर्मिला थापा विष्ट, प्रतापसिंह ठकुराठी, बालकृष्ण गैरे, निशा बानियाँ, श्यामकुमार विश्वकर्मा र अरुणकुमार पंजियार सिफारिस भएका छन् ।
सिफारिसअनुसार अब प्रधानन्यायाधीशले उनीहरूलाई नियुक्त र पदस्थापन गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्यसम्बन्धी तीन वटा ऐन संशोधनका मस्यौदामा सात दिनभित्र सुझाव दिन आग्रह
-
संस्कृत विश्वविद्यालयका नवनियुक्त उपकुलपति खतिवडाले लिए शपथ
-
'बीपीले राष्ट्रपति बन्न अस्वीकार गरेका थिए'
-
धनुषा प्रहरीद्वारा फरार ४४ प्रतिवादी पक्राउ
-
सर्लाहीमा मिटरब्याज पीडितमाथि आक्रमण
-
विश्वभर फेसबुक म्यासेन्जरमा प्राविधिक समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण