बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

‘हिमताल फुट्दा’ उत्तराखण्डमा बाढी आएको हुनसक्ने विज्ञहरूको भनाइ

बिहीबार, २२ साउन २०८२, २२ : ४८
बिहीबार, २२ साउन २०८२

सारांश

  • जलवायु परिवर्तनका कारण हिमताल फुट्दा भारतको उत्तराखण्ड राज्यको धाराली बजार बगाएको अनुमान छ।
  • बाढीले कम्तीमा चार जनाको मृत्यु भएको पुष्टि भएको छ भने ५० जना बेपत्ता भएका छन्।
  • विज्ञहरूले अत्यधिक वर्षा र हिमताल फुट्दा आएको बाढीले क्षति पुर्‍याएको बताएका छन्।

नयाँ दिल्ली। जलवायु परिवर्तनको बढ्दो प्रभावका कारण तीव्र गतिमा पग्लँदै गएको ‘हिमताल फुट्दा’ भारतको एक हिमाली सहर बगाएको हुन सक्ने विज्ञहरूले बिहीबार बताएका छन् ।

हिमनदीमा आएको बाढीका कारण भारतको उत्तराखण्ड राज्यको धाराली बजार खण्डहरमा परिणत भएको छ । बजारका स्थानीय तथा धार्मिक पर्यटनका क्रममा त्यहाँ पुगेका व्यक्तिहरूको ठूलो समूह बेपत्ता भएको छ । 

भारतीय सञ्चारमाध्यमले प्रसारण गरेका भिडियोहरूमा हिलोसहितको पानीको छालले पुरै भवन उखेलेर फ्याँक्दा कैयौँ मानिसलाई बाढीले पुरेको र कैयौँले भागेर ज्यान बचाउन सफल भएको देख्न सकिन्छ । 

कम्तीमा चार जनाको मृत्यु भएको पुष्टि भएको छ भने कम्तीमा ५० जना बेपत्ता छन् ।

सरकारी अधिकारीहरूले विपत्तिको केही समयपछि तीव्र वर्षा (आरिघोप्टे बर्षा) को कारण बाढी आएको बताएका थिए।

यद्यपि, क्षतिको आङ्कलन गर्ने विशेषज्ञहरूले लामो समयसम्मको वर्षाले जमिनलाई पहिले नै भिजेको र खुकुलो बनाइसकेको अवस्थामा ‘हिमताल फुट्दा’ आएको पानीले नदी वरपरको माटो सोहोरेर ल्याएको र सहरको साँघुरो भागमा खोला किनारको बस्तीतर्फ मोडिएको उनीहरूको भनाइ छ । 

नयाँ दिल्लीस्थित जवाहरलाल नेहरु विश्वविद्यालयका हिमालय जोखिमसम्बन्धी विज्ञ पीके जोशीका अनुसार अत्यधिक खडेरीका कारण तापक्रम वृद्धि भई हिमताल पहिले नै आफ्नो स्थानबाट सरेको र पछि हिमनदीबाट पग्लेको पानीको ताल जम्मा भएको ‘मोरेन’ भनिने भग्नावशेष ढलेका कारण बाढी आएको देखिन्छ ।

जोशीले एएफपीसँग भने, “अघिल्ला दिनहरूमा लगातारको वर्षा र अचानक पानी बग्ने क्रममा हिमताल फुटेको बाढी पुनः जम्मा भएको वा मलवेले रोकेको ताल भत्किनु बाढीको मुख्य कारण भएको आशङ्का गरिएको छ।”

“यसले ‘अचानक उच्चस्थान (हिमाली क्षेत्रमा) आएको बाढी ल्याउन भूमिका खेलेको हुनसक्छ”,उनले भने, “शहरको माथिल्लो भागमा हिमताल इलाकामा ‘अस्थिर तलछट क्षेत्रहरू’ रहेका छन्।”

उक्त क्षेत्रमा बादलले छोपिएका कारण भग्नावशेषको सही स्रोत पत्ता लगाउन स्याटेलाइट इमेजरीमा बाधा पुर्‍याएको भन्दै जोशीले ‘आफ्नो भनाइको स्पष्ट पुष्टि’ का लागि पर्याप्त भू–उपग्रह तथ्याङ्क नभएको बताए । 

गम्भीर प्राकृतिक विपत्

राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका सल्लाहकार सफी अहसान रिजवीले पनि भग्नावशेष पहिरो (ग्लेसियो–फ्लुभियल) का कारण दुर्घटना भएको हुनसक्ने बताए । 

नयाँ दिल्लीको मोबियस फाउन्डेसनका हिमनदीविद् सन्दीप तनु मण्डलले पनि ‘हिउ पग्लने र वर्षा बढेका कारण तालमा ठूलो मात्रामा पानी जमेकाले पनि हिम ताल पुटेको सम्भावना औँल्याए । 

मण्डलका अनुसार बर्षाभारी भएपनि बाढी आउनुभन्दा केही समयअघि नै उपत्यकामा ठूलो मात्रामा परेको बर्षा विपत्का लागि ‘खासै उल्लेखनीय सम्भावना’ नहुन सक्छ । यसले बाढीको स्रोत सम्भवतः ‘भत्किएको ताल’ भएको सङ्केत गर्छ।

विश्वमा जलवायु परिवर्तनका कारण झन्डै दुई अर्ब मानिसलाई महत्त्वपूर्ण पानी उपलब्ध गराउने हिमनदीहरू पहिलेभन्दा छिटो पग्लिरहेका छन्, जसले गर्दा समुदायहरू अप्रत्याशित र महँगा विपत्तिहरूको चपेटामा पर्ने वैज्ञानिकहरूले चेतावनी दिएका छन्।

तलछट (पर्माफ्रस्ट) को नरमपनले पहिरोको सम्भावना बढाउँछ।

जोशीका अनुसार पछिल्लो विपत्तिले हिमालयका जोखिमको जटिल र अन्तर सम्बन्धित प्रकृतिलाई उजागर गरेको छ ।

जोशीले भने, “बाढीको क्षेत्रमा भू–उपयोगको शैली’ले विपत्तिको गम्भीरतालाई झनै बढाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप