निजी क्षेत्रको जलविद्युत आयोजनामा अहिलेसम्मकै ठुलो लगानी, १० बैङ्कसँग ५२ अर्बको सम्झौता
सारांश
- बुढीगण्डकी जलविद्युत परियोजनाको वित्तीय व्यवस्थापनका लागि १० बैंक तथा वित्तीय संस्थाहरूले ऋण लगानी सम्झौता गरेका छन्।
- ७० अर्ब लागत अनुमान गरिएको परियोजनामा बैंकहरूले ५२ अर्ब ५० करोड ऋण लगानी गर्नेछन्, र बाँकी पुँजी टाइम्स इनर्जीले लगानी गर्नेछ।
- यो परियोजना गोरखामा निर्माणाधीन छ, जसको व्यावसायिक उत्पादन मिति २०८७ पुस १७ गते तोकिएको छ।
काठमाडौँ। ३४१ मेगावाटको बुढीगण्डकी अर्ध जलाशययुक्त जलविद्युत् (पीआरओआर) परियोजनाको वित्तीय व्यवस्थापन लगानी जुटेको छ ।
काठमाडौँमा बिहीबार एक कार्यक्रमबिच उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेल र ऊर्जा मन्त्री दीपक खड्काको सहभागितामा प्रवर्द्धक कम्पनी टाइम्स इनर्जी र १० बैङ्क तथा वित्तीय संस्थाबिच ऋण लगानी सम्झौता भएको हो ।
७० अर्ब रुपैयाँ लागत अनुमान गरिएको बुढीगण्डकी पीआरओआर परियोजनामा नेपाल इन्भेस्टमेन्ट मेगा बैङ्कको नेतृत्वमा १० बैङ्क तथा वित्तीय संस्थाले कन्सोर्टियम (संयुक्त) मोडलमा ५२ अर्ब ५० करोड रुपैयाँ ऋण लगानी जुटेको हो ।
जसमा नेपाल इन्भेस्टमेन्ट मेगा बैङ्कले १० अर्ब, नबिल बैङ्क ८ अर्ब, लक्ष्मी सन्राइज बैङ्क ८ अर्ब, ग्लोबल आईएमई बैङ्क ७ अर्ब, माछापुच्छ्रे बैङ्क ४ अर्ब, हाइड्रो इलेक्ट्रिसिटी एन्ड डेभलपमेन्ट कम्पनी ४ अर्ब,नेपाल इन्फ्रास्ट्रक्चर बैङ्क ३ अर्ब, प्रभु बैङ्क ३ अर्ब , सिटीजन बैङ्क ३ अर्ब र कृषि विकास बैङ्कले २ अर्ब ५० करोड लगानी गरेका छन् ।

परियोजनामा ७५ प्रतिशत लगानी ऋणमार्फत जुटाउन लागिएको हो । यसमा बैङ्कहरूले संयुक्त रूपमा साढे ५२ अर्ब रुपैयाँ ऋण लगानी गर्नेछन् । बाँकी २५ प्रतिशत लगानी अर्थात् १७ अर्ब ५० करोड रुपैयाँ भने टाइम्स इनर्जी प्रवर्द्धक कम्पनी स्वपुँजीको रूपमा लगानी गर्नेछन् ।
टाइम्स इनर्जीमा साहस ऊर्जाको ५१ प्रतिशत सेयर स्वामित्व छ । सोहीअनुसार साहस ऊर्जाले ५१ प्रतिशत स्वपुँजी लगानी गर्नेछ । निजी क्षेत्रले बनाउन लागेको र वित्तीय व्यवस्थापन गरेको हालसम्मकै ठुलो आयोजना हो । यसअघि २८५ मेगावाटको माथिल्लो तमोर आयोजना र २१६ मेगावाटको माथिल्लो सेती आयोजनाको वित्तीय व्यवस्थापन भइसकेको छ ।
अर्धजलाशय प्रकृतिको यो परियोजना गोरखामा रहेको छ । परियोजनाको बाँध क्षेत्र गोरखाको चुमनुब्री गाउँपालिकाको वडा नं ३ र विद्युत् गृह धार्चे गाउँपालिकाको वडा नं ३ मा हुनेछ । आयोजनाको २०८७ पुस १७ मा व्यावसायिक उत्पादन मिति रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्षौंदेखि अलपत्र १५ सडकका ठेक्का तोडियो
-
सर्लाहीका तीन प्रदेश सभा सदस्यलाई कांग्रेसले गरायो सचेत, बाराका उपसभापतिलाई सफाइ
-
पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा ५ जनाको मृत्यु
-
नेपाली कांग्रेस बाराका सभापति निलम्बित
-
टीकापुरमा ‘अन्तर व्यवस्थापिका सम्मेलन’ हुने
-
काठमाडाैँ महानगरद्वारा शिक्षण अस्पताललाई उपकरण प्रदान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण