टिकटक बन्यो एभरेस्ट महिला भलिबल लिगको इन्टरटेनमेन्ट पार्टनर
सारांश
- वात्सल्य एभरेस्ट महिला भलिबल लिगको दोस्रो संस्करणमा टिकटक आधिकारिक इन्टरटेनमेन्ट पार्टनर बनेको छ।
- लिग भदौ २० देखि २८ गतेसम्म आयोजना हुनेछ, जसले महिला भलिबल र राष्ट्रिय भावनालाई प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ।
- टिकटक र लिगको सहकार्यले नेपाली महिला खेलकुदको कथालाई विश्वभर पुर्याउने विश्वास गरिएको छ।
काठमाडौँ । वात्सल्य एभरेस्ट महिला भलिबल लिग (इडब्लुभिएल) को दोस्रो संस्करणका लागि लोकप्रिय भिडियो प्लेटफर्म टिकटक आधिकारिक इन्टरटेनमेन्ट पार्टनरको रूपमा जोडिएको छ।
आयोजक ईन्फिनिटी ड्रिम्सले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै टिकटकले लिगको मनोरञ्जन साझेदारको जिम्मेवारी लिएको जानकारी दिएको हो। लिग आगामी भदौ २० देखि २८ गते (सेप्टेम्बर ५–१३) सम्म आयोजना हुनेछ।
आयोजकका अनुसार यो सहकार्य नेपाली राष्ट्रिय खेलका लागि परिवर्तन ल्याउने महत्त्वपूर्ण कदम हो। विज्ञप्तिमा भनिएको छ, “विश्वभर लोकप्रिय टिकटक अब महिला भलिबल, राष्ट्रिय भावना र सांस्कृतिक पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा फैलाउन भलिबल कोर्टमा प्रवेश गर्दैछ।”
लिगमार्फत महिला खेलाडीहरूको प्रेरणादायी कथा, दर्शकहरूको उत्साह र लिगको ऊर्जा डिजिटल दुनियाँसम्म पुर्याउने लक्ष्य राखिएको आयोजकको भनाइ छ।
टिकटक साउथ एसियाका कन्टेन्ट अपरेसन लिड उमैस नविदले भलिबल लिगसँगको सहकार्यलाई ऐतिहासिक अवसरका रूपमा लिएको बताएका छन्।
लिगकी सिइओ स्नेभी चापागाईँले टिकटकसँगको सहकार्यलाई ‘गेम चेन्जर भन्दै यसले लिगको प्रभाव अझ फैलिने विश्वास व्यक्त गरिन्। “हामी नेपाली महिला खेलकुदको कथा विश्वभर पुर्याउनेछौँ,” उनले भनिन्, “यो लिगलाई अन्तर्राष्ट्रिय बनाउने दिशामा एक ठुलो कदम हो।”
नेपालभित्र मात्र होइन, विदेशमा पनि टिकटकको लोकप्रियता बढिरहेको र यसले लिगको चर्चा र पहुँच अझ विस्तार हुने अपेक्षा गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण