एनआरएनए दक्षिण कोरियाले श्रमिक–विद्यार्थी हेल्प डेस्क सञ्चालनमा ल्याउँदै
सारांश
- NRNA-NCC दक्षिण कोरियाले श्रमिक र विद्यार्थीहरूको समस्या समाधानका लागि हेल्प डेस्क सञ्चालन गर्दैछ।
- यो डेस्क अगस्ट १७, २०२५ मा सउलमा उद्घाटन हुनेछ र विपिन कुमार गुरुङको नेतृत्वमा सञ्चालन हुनेछ।
- हेल्प डेस्कले भाषागत समस्या, कानुनी जटिलता, स्वास्थ्य र भिसा सम्बन्धी परामर्श दिनेछ।
काठमाडौँ । गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (NRNA-NCC) दक्षिण कोरियाले आफ्नो प्रतिबद्धता अनुसार दक्षिण कोरियामा रहेका नेपाली श्रमिक तथा विद्यार्थीहरूको समस्या समाधान र सहजीकरणका लागि दक्षिण कोरियामै पहिलो पटक औपचारिक रूपमा श्रमिक–विद्यार्थी हेल्प डेस्क सञ्चालनमा ल्याउन लागेको छ ।
ऐतिहासिक एकता महाधिवेशनबाट निर्वाचित विपिन कुमार गुरुङको नेतृत्वमा रहेको एनआरएनए दक्षिण कोरियाले निर्वाचित भएको चार महिनाभित्रै यो महत्त्वपूर्ण सामाजिक कार्यको थालनी गरेको हो ।
यही मिति २०२५ अगस्ट १७ आइतबार, बेलुका ४:०० बजेदेखि ५:०० बजेसम्म सउलको दोङदेमुनमा भव्य रूपमा उद्घाटन समारोह सम्पन्न गरेपछि डेस्कको विधिवत् सञ्चालन सुरु हुनेछ।
दक्षिण कोरियामा पछिल्लो समय नेपाली श्रमिक र विद्यार्थीहरूको संख्या दिनप्रतिदिन बढ्दो क्रममा छ, र उनीहरूले भोग्नु परेका समस्या पनि विकराल रूप लिन थालेको सन्दर्भमा, उक्त समस्याहरू केही हदसम्म समाधान र न्यूनीकरण गर्न यो हेल्प डेस्कको सुरुवात गर्न लागिएको हो ।
अबको आवश्यकता भनेको सबै नेपाली सामाजिक संघ–संस्था, समाजसेवी, पत्रकार तथा विभिन्न क्षेत्रमा कार्यरत विज्ञ व्यक्तिहरूलाई एउटै साझा मञ्चमा समन्वय गर्दै संस्थागत र विधिवत् रूपमा सेवा सञ्चालन गर्नु नै हेल्प डेस्कको मुख्य लक्ष्य हो ।
हेल्प डेस्कमा कोरियन कानुनी व्यवसायी हायर गरिएको छ भने संघको कार्यसमितिबाट केही व्यक्ति नियमित स्टाफका रूपमा खटाइनेछन्, र सिंगो कार्यसमितिले सेवा सहजीकरणमा भूमिका खेल्नेछ ।
यस हेल्प डेस्कमार्फत श्रमिक तथा विद्यार्थीहरूले भोगेका भाषागत समस्या, कानुनी जटिलता, स्वास्थ्यसम्बन्धी विषयहरू, कम्पनीभित्रको विभेद, कम्पनी दुर्घटना, भिसा, अध्ययन र करियरसम्बन्धी परामर्शहरू तुरुन्तै प्राप्त गर्न सक्नेछन् । साथै, अन्य कानुनी प्रक्रिया र आवाज उठाउनुपर्ने विषयहरूमा पनि डेस्कले आवश्यक सहायता प्रदान गर्नेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सक लाइसेन्स परीक्षामा ‘सिएमसी’ उत्कृष्ट
-
एचआइभी एड्स सङ्क्रमितलाई सामाजिक विभेद अझै चुनौती
-
इरानसँग सम्बन्ध रहेको आरोपमा बहराइनमा १५ जना पक्राउ
-
भक्तपुरमा श्रीमानद्वारा श्रीमतीको हत्या
-
ऊर्जा सङ्कटबिच जापानको नवीकरणीय ऊर्जा विस्तारमा जोड
-
१२ बजे १२ समाचार: विरोधी तह लगाउने अस्त्र बन्दै ‘सम्पत्ति शुद्धीकरण’ देखि लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठनसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण