सिद्धार्थ बैंकको नाफामा सुधार, लाभांश क्षमता १३ प्रतिशत
सारांश
- सिद्धार्थ बैंकले आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमाससम्म ३ अर्ब ३९ करोड खुद नाफा कमाएको छ।
- अघिल्लो आर्थिक वर्षको तुलनामा बैंकको नाफा बढेको छ, जसको मुख्य कारण ब्याज आम्दानी र शुल्कमा सुधार हो।
- बैंकको वितरणयोग्य नाफा कम देखिएको छ र यस वर्ष १ अर्ब ८६ करोड रुपैयाँ लाभांश वितरण गर्ने सम्भावना छ।
काठमाडौँ । सिद्धार्थ बैंकको नाफामा सुधार आएको छ । बैंकले प्रकाशन गरेको आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमाससम्म बैंकले ३ अर्ब ३९ करोड रुपैयाँ बराबरको खुद नाफा आर्जन गरेको हो ।
अघिल्लो आर्थिक वर्षमा यस्तो नाफा ३ अर्ब ८ करोड रुपैयाँ रहेको थियो । यो प्रतिशेयर २४.१० प्रतिशत बराबर हो । बैंकको नाफा बढ्नुमा व्याज आम्दानी तथा शुल्क तथा ब्याज आम्दानीमा आएको सुधार नै मुख्य कारण देखिएको छ ।
यो अवधिमा बैंकले ८ अर्ब ४३ करोड खुद ब्याज आम्दानी, १ अर्ब ६४ करोड बराबरको शुल्क तथा ब्या आम्दानीतर्फ आर्जन गरेको छ । यो वर्ष बैंकको कर्मचारी खर्च, सञ्चालन खर्च लगायत समेत सामान्य बढेको छ ।
निष्क्रिय कर्जा अनुपात बढ्दा इम्पेरिमेन्ट चार्ज समेत बढेको छ । यसका बाबजुद बैंकको नाफा बढेको हो ।
नाफा उच्च देखिए पनि बैंकको वितरणयोग्य केही कम छ । यो वर्ष बैंकले १ अर्ब ८६ करोड रुपैयाँ मात्रै लाभांश वितरण गर्न सक्ने देखिएको छ । यो प्रतिशेयर १३.२२ रुपैयाँ हो ।
बैंकले असार मसान्तसम्म २ खर्ब ८० अर्ब रुपैयाँ कर्जा सङ्कलन गरी २ खर्ब १४ अर्ब रुपैयाँ कर्जा सङ्कलन गरेको छ । यो अनुसार सीडी अनुपात ७६.९२ प्रतिशत रहेको देखिन्छ ।
१४ अर्ब ८ करोड रुपैयाँ चुक्ता पुँजी भएको कम्पनीसँग रिजर्भ फन्डमा १५ अर्ब ४ करोड रुपैयाँ रहेको छ । यसअनुसार बैंकको नेटवर्थ २१९ रुपैयाँ रहेको छ । बैंकको कस्ट अफ फन्ड ४.३९ प्रतिशत, बेसरेट ६.४२ प्रतिशत र ब्याजको स्प्रेडदर ३.९८ प्रतिशत रहेको छ ।
बैंकको निष्क्रिय कर्जा अनुपात २.६२ प्रतिशत र पुँजी कोष अनुपात ११.७७ प्रतिशत रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण