वाईसीएलका ५ जना निवर्तमान उपाध्यक्ष बने माओवादीको वैकल्पिक केन्द्रीय सदस्य
सारांश
- नेकपा माओवादी केन्द्रले वाईसीएलका ५ निवर्तमान उपाध्यक्षहरूलाई वैकल्पिक केन्द्रीय सदस्य बनाएको छ।
- पार्टीको स्थायी समिति बैठकले उनीहरूलाई केन्द्रीय समितिमा मनोनीत गरेको हो।
- विद्यार्थी मोर्चाका निवर्तमान पदाधिकारीहरूको हकमा पनि निर्णय लिइएको छ।
काठमाडौँ । नेकपा माओवादी केन्द्रले वाईसीएलका निवर्तमान ५ जना उपाध्यक्षहरूलाई वैकल्पिक केन्द्रीय समिति सदस्य बनाएको छ ।
माओवादीको हालै सम्पन्न स्थायी समिति बैठकले उनीहरूलाई केन्द्रीय समितिमा मनोनीत गरेको हो । वाईसीएलका अध्यक्ष पुष्प ओलीका अनुसार ज्ञानेन्द्रबहादुर गुरुङ, केहर कुँवर, उमेश घोरासैनी, मञ्जु बम, सुदिप ढुंगानालाई पार्टीले वैकल्पिक केन्द्रीय सदस्य बनाएको हो ।
यस्तै विद्यार्थी मोर्चाका निवर्तमान पदाधिकारीहरूको सम्बन्धमा यस अघिको निर्णयबमोजिम केन्द्रीय प्रतिनिधि बनाइएकाहरूलाई सोही रूपमा यथावत कायम राख्ने, विद्यार्थी मोर्चाका अन्य निवर्तमान पदाधिकारीहरूको हकमा तत्कालीन विद्यार्थी सम्बन्धी कार्यदलको सिफारिस अनुसार प्रदेश सचिवालय समितिमा सिफारिस भएकाहरूको हकमा प्रदेश समितिमा यथावत राख्ने र प्रदेश समितिमा सिफारिस भएकाहरूको हकमा प्रदेश प्रतिनिधिका रूपमा जिम्मेवारी दिने निर्णय गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
-
महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण