खेलकुद
एएफसी यु–२० महिला एसिया कप छनोट : दोस्रो खेलमा साउदी अरबसँग भिड्दै नेपाल
शुक्रबार, २३ साउन २०८२, १२ : ३२
सारांश
- नेपालले २०२६ एएफसी यु-२० महिला एसिया कप छनोटको दोस्रो खेलमा साउदी अरेबियाको सामना गर्नेछ।
- भुटानमा भएको खेलमा नेपालले भुटानसँग १-१ गोलको बराबरी खेल्यो, जसमा सेनु परियारले गोल गरिन्।
- समूह ए मा नेपाल, भुटान, उत्तर कोरिया, साउदी अरब र मंगोलिया छन्, जहाँ उत्तर कोरियाले साउदी अरबलाई १५-० ले हरायो।
काठमाडौँ । २०२६ एएफसी यु–२० महिला एसिया कप छनोटको दोस्रो खेलमा नेपालले शुक्रबार साउदी अरबको सामना गर्नेछ । खेल भुटानको चाङलिमिथाङ स्टेडियममा १:४५ बजे सुरु हुनेछ ।
पहिलो खेलमा नेपाल भुटानसँग १–१ गोलको बराबरीमा रोकिएको थियो । नेपालले खेलको सुरुवातमा नै अग्रता लिएको थियो । सेनु परियारले १० औँ मिनेटमा टोलीलाई अग्रता दिलाएकी थिइन् । तर, लगत्तै भुटानकी केल्डेन वाङमोले बराबरी गोल फर्काइन् ।
नेपाल समूह ए मा रहेको छ । यो समूहमा भुटान, उत्तर कोरिया, साउदी अरब र मङ्गोलिया रहेका छन् । समूहको पहिलो खेलमा उत्तर कोरियाले साउदी अरबमाथि १५–० को विशाल अन्तरले हराएको थियो ।
२०२६ एएफसी यु–२० महिला एसिया कप प्रतियोगिताको १२ औँ संस्करण हो । यो प्रतियोगिता सन् २०२६ को १ अप्रिलदेखि थाइल्यान्डमा खेलिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि फर्किएपछि परराष्ट्रमन्त्री खनाल भारत जाने
-
बागमतीमा वित्तीय बेथिति: टुक्रे योजनामा बजेट छरियो, अर्बौंका मेसिन गोदाममै सड्दै
-
घरायसी विवादमा श्रीमतीको हत्या
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
-
‘बाध्यकारी श्रम’को आरोपमा बेलायत र क्यानडासहित ६० व्यापार साझेदारमाथि भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
-
‘घरदैलोको अदालत’ले विश्वास जित्दै, दलित समुदायको पहुँच भने कमजोर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण