विप्लवसँग एकता गर्न वार्ता समिति बनाउने माओवादीको निर्णय
सारांश
- माओवादी केन्द्रले विप्लव नेतृत्वको नेकपासँग एकता गर्ने निर्णय गरेको छ।
- माओवादीले छिट्टै वार्ता समिति बनाएर एकता प्रक्रिया टुङ्गो लगाउने योजना बनाएको छ।
- विप्लव नेतृत्वको नेकपाले भदौमा बस्ने केन्द्रीय समिति बैठकबाट एकताको निर्णय गर्नेछ।
काठमाडौँ । नेकपा माओवादी केन्द्रले हालै सम्पन्न स्थायी कमिटी बैठकबाट विप्लव नेतृत्वको नेकपासँग एकता गर्ने निर्णय गरेको थियो ।
सोही निर्णयअनुसार माओवादीले छिट्टै वार्ता समिति बनाएर एकता प्रक्रियालाई टुङ्गो लगाउने योजना बनाएको छ ।
‘स्थायी कमिटी बैठकले विप्लव नेतृत्वको नेकपासँग पार्टी एकता गर्ने त्यसको लागि पहल गर्न वार्ता समिति बनाउने निर्णय सर्वसम्मत रूपले गरेको भनेर सर्कुलर प्राप्त भएको छ’, एक नेताले रातोपाटीलाई बताए ।
केन्द्रीय कार्यालयले शुक्रबार नै मातहतका कमिटीमा पठाएको सर्कुलरमा समाजवादी मोर्चामा आबद्ध पार्टीहरू र समान विचार भएका अन्य पार्टीसँग समेत सहकार्य बढाउँदै एकतासम्म पुग्न पहल गर्ने निर्णय गरेको उल्लेख भएको उनको भनाइ छ ।
विप्लव नेतृत्वको नेकपाले पनि आगामी भदौमा बस्ने केन्द्रीय समिति बैठकबाट एकताबारे ठोस निर्णय लिने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण