नेसपा नयाँ शक्ति लुम्बिनी प्रदेश बैठक : भए यस्ता निर्णय
सारांश
- नेसपा नयाँ शक्ति पार्टीले रुपन्देही-३ उपनिर्वाचनमा अन्य दलहरूसँग सहकार्य गर्ने निर्णय गर्यो।
- पार्टीले लुम्बिनी प्रदेश अधिवेशन कार्तिक २८ र २९ गते गर्ने निर्णय गरेको छ।
- बैठकमा डा. बाबुराम भट्टराईले पार्टीलाई बलियो बनाउन निर्देशन दिए।
बुटवल । नेसपा नयाँ शक्ति पार्टीले रुपन्देहीको क्षेत्र नम्बर–३ मा हुने उपनिर्वाचनमा सकभर नयाँ वैकल्पिक शक्तिका पार्टीहरूसँग सहकार्य गरेर अगाडि जाने निर्णय गरेको छ । बिहीबारदेखि शुक्रबारसम्म भैरहवामा बसेको बैठकले एजेन्डा मिल्ने दलहरूसँग चुनावमा जानको लागि छलफल गर्ने निर्णय गरेको हो ।
पाटीका केन्द्रीय सदस्य पङ्कज राईले पार्टीभित्र आधा दर्शन नेताहरुमा उम्मेदवारकाे आकाङ्क्षा रहे पनि अहिलेको अवस्थामा एक्लै निर्वाचनमा जानुभन्दा एजेन्डा मिल्ने दलहरूसँग जान सकिने निर्णय भएको बताए । नेसपा नयाँ शक्ति पार्टीबाट रुपन्देही क्षेत्र नम्बर ३ मा विमल विक, सविता भण्डारी, शाेभाकान्त नेपाल र नारायण नागिला लगायतका नेताहरू उम्मेदवार बन्ने तयारीमा छन् ।
पूर्व प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईको प्रमुख आतिथ्यतामा भएको बैठकले पार्टीको लुम्बिनी प्रदेश अधिवेशन कार्तिक २८ र २९ गते गर्ने निर्णय समेत गरेको छ । पार्टीले १२ वटै जिल्लामा जनजागरण अभियान सञ्चालन गर्नको लागि केन्द्रीय एवम् प्रदेशका पदाधिकारीहरूलाई संयोजक समेत तोकेको छ भने असोज मसान्तसम्म पार्टीको सदस्यता वृद्धिका लागि तीव्रता दिने निर्णय गरेको छ ।
बैठकले लुम्बिनी प्रदेशमा ५ हजार कार्यकर्ता पुर्याउने लक्ष्यसहितको निर्णय गरेको केन्द्रीय सदस्य राईले बताए। बैठकमा डा.भट्टराईले पार्टीलाई थप बलियो बनाउँदै तल्लो वर्गको जनताको साथ लिनेगरी काम गर्न नेता–कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् ।
उनले धेरै ठाउँमा बेथितिहरू रहेको उल्लेख गर्दै जिल्लामा जनजागरण अभियान थप प्रभावकारी बनाउन स्थानीय मुद्दाहरुलाई पनि ध्यान दिनुपर्नेमा जोड दिएका छन् । बैठक प्रदेश अध्यक्ष हिक्मत विकको अध्यक्षतामा बसेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण